Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी-जनजातीको गठबन्धनले किर्तिपुर तताए

काठमाडौं । संघीय गठबन्धनले सोमवार काठमाडौंको किर्तिपुरमा बिरोध प्रदर्शन गरेको छ । किर्तिपुरमा आयोजित विरोधसभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । केन्द्रिय बिश्वबिधालय, दक्षिणकालीबाट एकैसाथ सुरु भएको रैली किर्तिपुरमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
विरोध सभामा पनि स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको थियो । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव लगायत संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गणतान्त्रिक फोरमका राजकसिोर यादव, रामसपाका शरत्तसिंह भणडारी, लिम्बूवानका कुमार लिङदेन, जनमुक्तिका परशुराम तामाङ, थरुहटका भानुराम थारु लगायतका नेताहरु सहभागी रहेका थिए ।
संविधान पुर्नेलेखन, पहिचान र अधिकार सुनिश्चिताताको माग गर्दै नाराबाजी भयो । विरोध सभाका वक्ताहरुले सरकारले वार्ताको माहोल बनाउँदासम्म वार्ताको कुनै औचित्य नभएको भन्दै माग पूरा नहुदाँसम्म आन्दोलन नरोकिने उद्घोष गरे ।
आफूहरु वार्ताकै माधयमबाट समाधान चाहनेको भन्दै वक्ताहरुले सार्थक वार्ताका लागि सरकार जिम्मेबार र गम्भीर हुनु पर्ने बताए । संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको गठबन्धनले हिजो स्वयम्भू चोकमा विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले भोलि सोमबार कीर्तिपुरको नयाँ बजारमा विरोध सभा गर्ने कार्यक्रम छ ।
गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको स्थानीय बासिन्दाको समेत सहभागिता बढ्दै गएको छ । यसले काठमाडौंको विभिन्न ठाउँमा आयोजना भइरहेका विरोध सभाहरुमा झन् प्रभावकारी हुँदै गएका छन् । संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी) , महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः, मुश्लिम लगायतका दल तथा संगठन आबद्ध छन् ।

 

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्