Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इपिएस मार्फत कोरिया गएका एक नेपाली कोरियामा सम्मानित

कोरिया ।   दक्षिण कोरियामा सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै इपिएस मार्फत चार वर्ष अघि यहाँ आएका एक नेपाली सम्मानित भएका छन् । गत आइतबार कोरिया फेन्तेक शहरका नगरप्रमूखले नेपाली कृष्ण पुरीलाई एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । 

आइतबार वर्ल्ड पिपुल्स डेको अवसरमा आयोजित एसियन बहुसाँस्कृतिक मेलामा  मेयर गोंग जे ग्वांले पुरीलाई सामाजिक सेवामा उदाहरणिय कार्य गरेको प्रशंसा गर्दै सम्मानपत्र मेडल मार्फत सम्मान गरेका थिए । फेन्थेक माइग्रेन्ट वेलफेयर नेपाली समितिको अध्यक्ष पदमा रहेर सो क्षेत्रका सामाजिक काममा उनी  सक्रिय रुपमा लागी परेका छन l

कास्की जिल्ला हंसपुर घर भई  इपिएसअन्तर्गत ४ बर्ष देखी ख्यंङ्गगिदो फेन्तेक शहरमा रहेका पुरी उक्त माइग्रेन्ट वेलफेयर सेन्टर संग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् । सो क्षेत्रमा एसियन देशहरु बीच माइग्रेन्ट कम्युनिटीहरु एक आपसमा संयोजनमा उनको पहल उल्लेखनीय रहेको छ l 

माईग्रेन्ट सेन्टरवाट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ । कास्की परिवार कोरिया  तथा हिन्दु जागरण द. कोरिया सग पनि आबद्ध रहदै त्यहा  बिशेष योगदान गर्दै आइरहेका पनि छन् l फेन्थेक माइग्रेन्ट सेन्टर कोरिया द्वारा नेपाल मा बिबिध आपत सर सहयोग साथै आय ,सीपमुलक कार्यमा सहयोगार्थ संचालित  नेको ह्यापी ड्रिम नामक सस्थालाई कोरिया बाट बार्षिक रु. १ लाख बढी  समितिबाट निरन्तर सहयोग पनि जुटाईरहेका छन् l गत बर्ष  – नेपालमा भूकम्प पिडित सहयोग भन्दै झन्डै ६०लाख वन  ,कोरिया मा गत बर्ष औधोगिक दुर्घटनामा परी दाया हात गुमाएका स्यांग्जाका राम प्रसाद पाण्डे लाई समितिको पहलबाट  ४० लाख वन सहयोग प्रदान गरेर सामाजिक रुपमा अगाडी बढेका हुन् l  यसै बर्ष देखि कोरियामा दुख-आपत पर्दा सहयोगार्थ भनेर १२ लाख वन जम्मा गर्दै   फेन्थेक नेपाली आपतकालीन राहत कोष स्थापना पनि उनकै पहलमा सुरुवात गरिएको छ l  यसरी नेपाल तथा कोरियामा   बिभिन्न सहयोग अभियान मा उल्लेख्य भूमिका निभाएका छन् l   फेन्थेक शहरमा नियमित मासिक रुपमा अन्तिम आइतबार शहर सरसफाई कार्यक्रम संचालित हुने गरेको छ l

नेपाली कला, सस्कृति र पहिचान झल्काउन दशैँ,तिहार,नया बर्ष ,भजनकिर्तन जस्ता नेपाली पनको कार्यक्रम गरी नेपालीहरुलाई साथ् पनि  दिएका छन l  समय समयमा एसियन रास्ट्र हरु सग मिलेर सस्कृति तथा पर्यटन सम्बन्धि सद्भावना आदानप्रदान कार्यकम हरु संचालन हुने गरेको छ l कोरियामा  बढ्दो नेपालीको डिप्रेसन लाई मध्यनजर गर्दै बौद्धिक क्षमता वृद्धि गर्न भनि गत बर्ष देखि समितिको पहलमानै नेपाली पुस्तकालय संचालन सहित ज्ञानबर्द्धक किताबहरु झन्डै ४०० जति उपलब्ध गराइएको छ l  नेपालीहरुलाई सो माइग्रेन्ट सग मिलेर बिभिन्न श्रम परामर्श, भाषा अनुवादक,आबाश ब्यबस्था, बिभिन्न खेल, तालिमहरु संचालन साथै पढाई / आदिमा समन्वयको भूमिका उनले निर्बाह गर्दै आईरहेका छन l 

कोरियामा फुर्सदको समयमा संचार क्षेत्रमा पनि निश्वार्थ भावनाले लागी पर्दै  उक्त कार्यक्रमको छोटो कुराकानीमा कोरियामा आफ्नो काम,सीप वाट अर्थोपार्जन संगै सामाजिक कुराहरु पनि साथ लिएर जानुपर्ने उनी बताउछन । अहिले कोरियामा बढ्दो आत्महत्या न्यूनीकरण बिषयलाई द्रिस्टिगत गर्दै हरेक सामाजिक कार्यमा लागेर ब्यबहारिक रुपमा आफ्नो समयलाई सिकाई र सिर्जनात्मक कार्यमा खर्चेमा  हामी नेपाली प्रबाशमा रहेर पनि आफु र देशको शिर उच्च राख्न सकिने बताए l 

प्रबाशमा जहा रहेपनि सबै नेपाली एकजुट भएर मित्रता र  एकआपसमा सद्भावना बाडनुपर्ने पनि  उनले जोड दिए । थपमा अहिले नेपालमा भैरहेको केहि विसंगत गतिबिधि लाई सुधारको निम्ति संकेत गर्दै प्रबाशमा रहने नेपालीहरुले संदेश दिन सकिने पनि जनाउ दिए ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्