Logo
१२ बैशाख २०८१, बुधबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालिककी नातिनी र साथीसगँ हिमचिम गर्ने दामोदर परे फन्दामा !

 
पोखरा । ४५ वर्षे दामोदर गिरीको चिनजान ती दुई किशोरीसँग भयो । सामान्य चिनजान हुँदै पोखरा—६ लेकसाइडका दामोदरको ती नाबालिगहरुसँग घनिष्ठता बढ्यो । उमेरले अति साना ती किशोरीहरुसँगको धनिष्ठता र उनीहरुको बच्चापनको फाइदा उठाउने प्रयासमा दामोदार लागे । त्यसैको फलस्वरुप अहिले उनी वडा प्रहरी कार्यालय बैदाममा थुनिएका छन् ।

लेकसाइड जरेबरको रेस्टुरेन्टमा खाँजा खान जाँदा त्यही रेस्टुरेन्ट सञ्चालक ९मालिक ०की नातिनी र उनकी साथी दामोदरसँग झ्याम्मिएका थिए । अनुश्का र शीताष्मा ९नाम परिवर्तन० दुवै एउटै उमेरका, एउटै घरमा बस्ने मिल्ने साथी हुन् । दामोदरले शीताष्मालाई पार्लर र अनुश्कालाई एक होटलमा वेट्रेसको काम लगाइदिने भन्दै फकाउने गर्थे ।

त्यसपछि दामोदर र अनुश्का बीच फोनमा पटकपटक कुराकानी हुन थाल्यो । रेस्टुरेन्टमा आउँदा भेटघाट अरु बेला फोनबाट कुराकानीले उनीहरुको सम्बन्ध निकै नजिक बनायो । अनुश्का मात्र होइन शीताष्मा पनि दामोदरसँग उत्तिकै नजिक भइन् । जेठ ६ गते बिहान ९ बजे दामोदरले अनुश्कालाई फोन गरे ।

अनुश्का र शीताष्मा स्कुल जान ड्रेस लगाएर ठिक्क परेका थिए । दामोदरले घुम्न जाम भनेपछि ती दुवैजनाले एक जोर आउट ड्रेस झोलामा हालेर घरबाट निस्किए। दामोदर प्राइभेट कारमा बाटो कुरेर बसेका थिए, त्यहीबाट दुवैजनालाई पिकअप गरे । उनीहरु स्कुल हापेर १० बजे दामोदरको कारमा मासबार पुगे । दामोदरले उनीहरुलाई एक घरको कोठामा लागि स्कुल डे«स फेर्न लगाए ।

त्यसपछि उनीहरु धारपानी, अमरसिंह चोक, सिर्जनाचोक हुँदै विभिन्न ठाउँमा घुमघाम गरेर न्युरोड आए । त्यहाँ एक रेस्टुरेन्टमा ती दुई किशोरीले खाजा खाए भने दामोदरले एक बोतल बियर खाए । घुमघाम गर्दै मिठोमिठो खान पाएपछिनिकै रमाएका ती किशोरीले बियर त खाएनन् तर, बोतल लिएर फोटो भने खिचे ।

दिनको ३ बजे दामोदरले भाटभटेनी डिपार्टमेन्ट स्टोरनजिक एक घरको कोठामा उनीहरुलाई लिएर गए । कोठा फोहोर अनि खालीखाली थियो । त्यसपछि दामोदरले अनुश्कालाई कोठा सफा गर्न लगाए भने शीताष्मालाई लिएर सपिङ गर्न निस्किए । दामोदर र शीताष्माले तन्ना, कार्पेट,३ बोतल बियर, पिज्जा लगायत खानेकुरा र सामान किनेर फर्के। दामोदरले बियर खाए ।

कुराकानी गर्दा गर्दै दामोदरले अनुश्का र शीताष्माको विभिन्न अंगमा छुने र सुमसुमाउने गर्ने थाले । असजिलो मान्दै ती दुई किशोरीले उनको त्यस्तो व्यवहार अस्वीकार गर्दै केही बेरमा ‘हामी जान्छौ’ भन्न थाले । दामोदरले घर गएमा सबैलाई अप्ठ्यारो पर्ने भन्दै अपशब्द पनि बोल्न थाले । तर ती दुई किशोरी त्यहाँबाट निस्किए । त्यसपछि दामोदरपनि त्यहाँबाट बाहिर आएर उनीहरलाई फेरि कारमा राखेर लेकसाइडतिर पुगे ।

किशोरीबाट आफ्नो स्वार्थ पूरा गर्न नपाएपछि दामोदर रिसाएर गाडी चलाएका थिए । त्यतिकैमा दामोदरलाई घरबाट फोन आयो । उनी आत्तिन थाले । दुई किशोरीलाई त्यत्तिकै छाडिदिए घरमा गएर भनिदिन्छन् कि भन्ने डरले लेकसाइड एक होटलमा लगे ।उनीहरुलाई त्यहाँ पुर्‍याएर दामोदर घरतर्फ लागे । अनुश्का र शीताष्माले त्यस रात १२ बजेतिर खान खाएर त्यही सुते ।

अनुश्का र शीताष्माका परिवार कहाँ गए होलान भनेर आत्तिएका थिए । भोलिपल्ट बिहान ७ बजे दामोदर अनुश्काको घरमा गएर उनको बुवालाई खबर गरे । दामोदरले अघिल्लो दिन नानीहरुलाई बाटोमा भेटेको हुनाले होटलमा लगेर राखेको बताए । त्यति भनेपछि अनुश्काको बुवाले शंका गरे । दुवै किशोरीका परिवार होटलमा पुगे र उनीहरुलाई घर ल्याए ।

त्यसपछि दुवै परिवारले वडा प्रहरी कार्यालय बैदाममा खबर गरे । प्रहरीले जेठ ७ गते दामोदरलाई पक्राउ गर्‍यो । अहिले दामोदर प्रहरी हिरासतमा छन् । दामोदरको नियतनै खराब रहेको अनुश्काको बुवाले बताएको खबर  समाधानमा छ । ‘फकाएर धन्न जिन्दगी नै बरबाद पारिदिएन,’ उनले भने, ‘दुईजना नभएको भए जेपनि हुन सक्थ्यो ।’

दामोदरविरुद्ध सार्वजनिक मुद्दा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले बताए ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्