Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आतङ्ककारी आक्रमणमा दश जना पाहुनाको हत्या

मोगादिसु  । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । सो आक्रमणमा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त आक्रमण सोमालियाको सशस्त्र विद्रोही संगठन अल सेबाबले गरेको हो ।
उक्त संगठनले बिहीबार बिहान भएको सो हमलाको जिम्मेवारी पनि लिएको समाचारमा जनाइएको छ । विस्फोटक पदार्थ बोकेको कारलाई मोगादिसुमा रहेको होटल एम्बेसेडरमा कारबम लगेर ठोक्काइएको थियो । उक्त बम हमलामा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि बताइएको छ ।

मोगादिसुका एकजना प्रहरी अधिकारी मोहम्मद फराहले भने– हामीले सो होटलमा दश जनाको ज्यान गएको र २५ जना घाइते भएका पुष्टि गरेका छौँ । सुरुमा लगेर कारबम ठोक्काइएको थियो र त्यसलगत्तै बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार सुरु गरेका थिए । उनीहरुले होटलका पाहुनालाई तारो बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अहिले पनि सो हेटलभित्र केही व्यक्ति रहेकोले उनीहरुको उद्वारका लागि प्रहरीले काम गरिरहको जानकारी दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्