चिया बनाउदै खादै, बालुवाटारको सडकमै सुते ‘सहकारी पीडित’ !
काठमाडौं । बिहिबार बलुटार स्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडी धर्ना दिन गएका प्रर्दशनकारीहरुले अनोठौ किसिमबाट आन्दोलन गरेका छन ।
सुधीर बस्नेतको ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न सरकारी पिडितहरु बिहिबार त्यहाँ पुगेका हुन । उनीहरुले वीच सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
सहकारीबाट पीडित भएको बताउने उनीहरुले बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् । बालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै बस्नेतलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् ।
यसै साता बस्नेतले सहकारी विभागका रजिष्ट्रारलाई निवेदन लेखेर ओरियन्टलको कार्यालय पुनः सञ्चालन गर्न पाउँ भन्ने आग्रह गरेका थिए ।
एमाले नेता वामदेव गौतमसमेत सैयौं व्यक्तिको रकम डुबाएका बस्नेतले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेपछि उनीबाट पीडित भएकाहरु सडकमा उत्रिएका हुन् । प्रर्दशनकारीहरुले सडकमै चिया बनाएर खादै, एक छिन त्यही सुतेका थिए ।