प्रचण्डलाई पन्छाउने नेपाललाई मन्साउने यस्तो खेल !
काठमाण्डौ, २० जेठ । प्रधानमन्त्री केपी आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउने भन्दै आन्तरिक रुपमा विभिन्न दलसँग छलफल गरिरहेका छन् त्यही अनुसारको अभिब्यक्ति समेत आइरहेको पनि छ ।
राजनीतिमा मध्यमार्गी नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री एबं एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी खेल सुरु भएको चर्चा पनि चलेको छ । समाचार स्रोतका अनुसार प्रचण्डले नेपाली कांग्रेसको समर्थन खोजिरहेका छन् तर यस पटक सहजरुपमा उनले कांग्रेसको समर्थन नपाउने बुझिएको छ ।
यसरी प्रचण्ड हाई हाई गराएर बाई बाई गर्ने रहस्य प्रदाफास भएको हो । त्यसकारण नेपालले पार्टी भित्रै पनि आफ्नो पक्षमा बहुमतको अवस्था सृजना गरेका छन् । नेपाललाई बरिष्ठ नेता झलनाथ खनालले समर्थन जनाईसकेका छन भने उपाध्यक्ष बामदेब गौतम पनि यो विषयमा लचिलो भएका छन् एमाले एक नेताले भन्यो ।
नेपालको पक्षमा अहिले भारत पनि पोजेटिभ छ ती नेताले भने । भारत कुनै पनि हालतमा केपी ओली नेतृत्वको सरकारलाई फाल्ने रणनीतिमा रहेको ती नेताको दाबी छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना नदेखेर अरु भन्दा अलि बढी विश्वास भारतले पनि अहिले नेपाललाई गरिरहेको बिश्लेषण गर्न सकिन्छ ।
पछिल्लो समयमा पार्टी भित्र प्रधानमन्त्री ओलीका विरुद्ध आक्रमक बन्दै आएका नेपाल , खनाल र गौतम ओली तनाबमा छन् । नेपालले कांग्रेस र मधेसी दल ल्याए भने मधेसको समस्या समाधानकोलागि संविधान संसोधन गर्ने बातावरण समेत बन्न सक्ने भारतको बुझाई छ ।
भारतले समेत नेपालको पक्षमा हरियो झण्डा देखाएर मधेससहित नेपाली कांग्रेसलाई त्यसको पक्षमा गतिविधी गर्न सुझाव दिईसकेको छ ।