Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सद्भावनाको वरिष्ठ उपाध्यक्ष पदबाट संजय शाह आउट,(नयाँ कार्यसमिति सहित)

काठमाडौं । भनिन्छ परिआयो भने जे पनि हुन्छ सायद त्यहरी नै भएको छ । जनकपुर बमकाण्डमा दोषी पाइएर हाल थुनामा रहेका सञ्जय साहलाई सद्‍भावना पार्टीले पार्टीको वरिष्ठ उपाध्यक्ष पदबाट हटाएको छ । 
जेल परेको करिब दुई वर्षपछि पार्टीले उनलाई पदमुक्त गरेको हो । बिहीबार गरेको पार्टी केन्द्रीय समितिको पुनर्गठन गर्दै अध्यक्ष राजेन्द्र महतोले साहलाई पदमुक्त गरेका हुन् ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोले साह जेलमा रहेको उनलाई दिइने पदको कुनै सदुपयोतिा नहुने भएकोले उनलाई कुनै पद नदिइएको बताए । उनले भने, ‘वहाँ जेलमा हुनुहुन्छ, पदमा राखेर पदको सदुपयोग नहुने भएकाले वहाँको स्थानमा अरुलाई राख्न खोजिएको हो ।’ उनले शाह पार्टी सदस्य यथावत रहेको बताए ।
दोस्रो संविधानसभामा साह धनुषा–४ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । प्रहरीले पक्राउ गरे यता उनी सांसदपदबाट निलम्बित छन् । २०६९ बैशाख १८ मा जनकपुरको रामानन्द चोकमा गराईको बम विष्फोटमा ५ जनाको ज्यान गएको थियो । त्यस घटनाको मुख्य आरोपीका रुपमा साह पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्