Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत विहारका पूर्व–मुख्यमन्त्री जितनराम माझी जनकपुर आउदै

जनकपुरधाम । भारत बिहारका पूर्व–मुख्यमन्त्री जितनराम माझी यसै साता जनकपुर आउने भएका छन् । उनी स्वजातीय कार्यक्रममा सहभागि हुन यसै साता जेठ २५ गते जनकपुर आउन लागेका हुन् । ‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को प्रथम महाधिवेशनमा प्रमुख आतिथिको रुपमा सहभागि हुन उनी जनकपुर आउन लागेका हुन् ।
जनकपुरको रंगभूमि मैदान बाह्रविघामा हुने समाजको प्रथम महाधिवेशनमा प्रमुख आतिथिको रुपमा सहभागि हुन उनी जनकपुर आउन लागेको समाजका केन्द्रिय अध्यक्ष सिया सादाले जानकारी गराएका छन् । मुसहर जातीको उत्थान र संविधानमा अधिकार सुनिश्चिताका लागि गर्न लागेको प्रथम महाधिवेशनमा नेपालका ३२ जिल्लाका मुसहर समुदायहरु सहभागी हुने अध्यक्ष सादाले समेत बताए ।
नेपालभरिमा १२ लाख मुसहर समुदाय रहेपनि उनीहरु शिक्षा तथा राजनीतिबाट वञ्चित रहेका छन् । अधिवेशनको तयारी तिव्र गतिमा भईरहेको बताउँदै सादाले महाधिवेशनमा १० लाखभन्दा बढी खर्च हुने दावी गरेका छन् । पूर्व–मुख्यमन्त्री माझी भीठामोड सडकको प्रयोग गर्दै स्थलमार्गबाट कार्यक्रममा सहभागी हुन जनकपुर आउने बताइएको छ । 
नेपालमा दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन जनकपुरको महाधिवेशनमा सहभागी हुने, मुसहर समुदायको सवरी कुट्टीकोे अवलोकन गर्ने र त्यसको भोलीपल्ट सप्तरीको कटैयाखोपका लागि प्रस्थान गर्ने मुसहर समुदायका अगुवा नेता चन्देश्वर सादाले जनाएका छन् । पूर्व–मुख्यमन्त्री माझी सप्तरीको दिनाभद्रीको अवलोकनपछि पटनाका लागि प्रस्थान गर्ने बताइएको छ । 
पूर्व–मुख्यमन्त्री माझी १५ सदस्यीय टोलीसहित आउने सादाले जानकारी गराए । समुदायका अगुवा नेता चन्देश्वर सादाका अनुसार जातीय उत्थानका लागि नेपालमा पहिलो पटक यत्रो ठूलो महोउत्सव हुन गईरहेको छ । महोत्सवको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरिएको हो ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्