Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार आरोपीको भन्छन– ‘गर्नेबेलामा राजीखुसी गर्ने, अरुले देखेपछि बलात्कार भन्ने’


दाङ । जबरजस्तीकरणीको आरोमा दाङको तुलसीपुरमा पक्राउ परेका आरोपीले भनेका छन ‘गर्नेबेलामा राजीखुसी गर्ने, अरुले देखेपछि बलात्कार भन्ने’ २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा गोल्टाकुरी गाविस–६ निवासी ४५ वर्षका धर्मजीत खत्री रहेका हुन । तेल पेलाउन गएको समयमा स्थानीय एक महिलालाई बलात्कार गरेको आरोप खत्रीलाई लागेको छ ।
प्रहरीका अनुसार आरोपीले  बयानमा  ‘राजीखुसी यौन सम्पर्क गरेको र अरुले देखेपछि महिलाले बलात्कारको आरोप लगाएको प्रहरीलाई बयान दिएका छन् ।’ प्रहरीले यसबारे अहिले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको छ । उता रुकुमको खलङ्गा घर भई हाल तुलसीपुर–२ रक्षा चौर निवासी ३३ वर्षका लालबहादुर बोहरा पनि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् ।
विहे गर्ने भन्दै करिब एक हप्ताअघि उनले रुकुमबाट स्थानीय एक युवतीलाई ल्याएर तुलसीपुरमा राखेको थिए । तर , युवतिले जबरजस्ती गरेर ल्याएको प्रहरीसमक्ष बयान दिएकी छिन् । युवतीले अनाहकमा, दाइको भनाइमा लागेर आफूलाई फसाएको आरोपीले बताएका छन् । पक्राउ परेका दुवै जनलाई प्रहरीले जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरेर अनुसनधान थालेको छ ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्