Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डबीच भएको तीन बुदें सहमती पत्र सार्वजनिक (पत्र सहित)

काठमाडौं । बजेट पेश भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व प्रचण्डलाई दिने सहमती भएको पत्र सार्वजनिक भएको छ ।
विना हस्ताक्षर भएको पत्र आज प्रचण्ड पुत्र प्रकाशले आफनो सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
केही दिन अगाडि मात्र काँग्रेसको सहयोगमा प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पछि तत्कालै नाटकिय शैलीमा प्रचण्ड र ओली बीच ९ बुदें सहमती भएको थियो, तर त्यसैमा अन्य तीन बुदें सहमतीमा भद्र सहमती भए पनि हस्ताक्षर भने भएको थिएन ।
सोही भ्रद सहमती अनुसार अहिले प्रधानमन्त्री ओली औपचारिक कार्यक्रमहरुमा कुनै पनि भद्र सहमती नभएको भन्दै घुर्की देखाउन थाले पछि प्रचण्ड पुत्र प्रकाशले पत्र सार्वजनिक गरेका हुन ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्