Logo
७ बैशाख २०८१, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी रिर्पोट : नेपाल आतंककारीको ट्रान्जिट बन्ने खतरा !

काठमाडौं । अमेरिकाले पछिल्लो पटक निकालेको नयाँ रिर्पोटमा नेपाल अन्तर्राष्ट्रिय आंतककारीहरुको ट्रान्जिट प्वाईन्ट बन्न सक्ने खतरा औल्याएको छ । यस रिर्पोटमा भनिएको छ – ‘नेपालको कानूनले आतंकवादसँग सम्बन्धित गतिविधीलाई अपराध भएको छ । आंतककारीलाई सहयोग गर्नु पनि नेपालको कानूनमा अपराध हो । आपराधिक घटना नियन्त्रणका लागि नेपालसँ विशेष यूनिट समेत छ । तर नेपालको यूनिटले प्रभावकारी ढंगबाट शंकास्पद आतंककारीको पहिचान गर्न सकेको छैन् । भारतसँगको खुला सिमाना र विमानस्थलको कमजोर सुरक्षाका कारण खतरा छ ।’

दक्षिण एशियाली देशहरुले आंतकवादी गतिविधीहरुका कारण सास्ती खेप्नुपरेको छ । भारत, पाकिस्तान र अफगानिस्तानमा आतंककारी समूह धेरै छन् । भारतसँग नेपालको खुला सिमाना रहेका कारण पनि नेपाल आतंककारीका लागि सुरक्षित गन्तव्य हुनसक्ने अमेरिकी सञ्चारमाध्यम हफिङटन पोस्टले लेखेको छ । हफिङटन पोस्टको समाचारमा भारत र नेपालबीचको खुला सिमानामा कडा नियन्त्रण नभएका कारण संकट जहिल्यै रहने बताइएको छ । त्यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेका कारण पनि आतंककारीहरुलाई नेपालको दुरुपयोग गर्न सहज हुने हफिङटन पोस्टले जनाएको छ ।

भारत र नेपाल सिमानामा निश्चित चेकप्वाईन्टहरु राखिएको भएपनि मानिसहरुले चेकप्वाईन्टभन्दा बाहिरबाट आवात जावत गर्ने गरेका छन् । भारतसँगको सबै सिमाना नेपालले निगरानी गर्न नसकेका कारण यस्ता खुला सिमाक्षेत्रबाट विभिन्न तस्करीहरु हुदैँ आएको हफिङटन पोस्ट लेखेको छ । यस्तो सिमाना प्रयोग गरेर सुरक्षाकर्मीको आँखा छल्दै अपराधी, तस्कर, चोर तथा अन्य सर्वसाधारण समेत सिमा वारपार गर्न स्वतन्त्र छन् । यसरी नै खुला सिमामार्फत चेलिवेटी बेचविखन भइरहेको पनि हफिङटन पोस्टको समाचारमा उल्लेख छ ।
 

अरु के लेखेको छ हफिङटन पोस्टमा, किसोर पन्थीले

नेपाल–भारत सिमाबाट महिलाहरुको बेचबिखन हुने गरेको छ । बाध्यात्मक वेश्यावृत्ति यसैका कारण उत्पन्न हुने समस्या हो । नेपाल र भारतको खुला सिमानाका कारण चेलीबेटी बेचबिखन सामान्य भइसकेको छ र तस्करहरुलाई पक्रन निकै गाह्रो छ । नेपालबाट भारत बसाई सर्ने र भारतबाट नेपाल आउनेहरुका लागि इमिग्रेशनले कुनै नियन्त्रण गर्न सक्दैन् । नेपाल र भारतबीचको शान्ति तथा मैत्रि सन्धी सन् १९५० ले एक देशका जनतालाई अर्को देशमा आउन स्वतनत्र छाडेको छ । यस सन्धी बमोजिम नेपालीहरुले भारतमा गएर सरकारी तथा अन्य क्षेत्रमा समेत काम गर्ने अनुमति पाउँछन् ।

नेपाल नक्कली नोटको ट्रान्फिट प्वाईन्ट बन्दै आएको छ । तस्करहरुले भारतमा नेपालमार्फत नै करोडौँको नक्कली नोट ओसार प्रसार गर्दै आएका छन् । यो सिमानाका कारण भारतभन्दा नेपाललाई बढी घाटा छ । खुला सिमानाका कारण भारतले नेपालको सिमा दर्जनौँ ठाउँमा मिचेको छ । नेपालमा यसै सिमानामार्फत थुप्रै आंतकवादीहरु प्रवेश गर्छन् । खुला सिमाकै कारण भारतबाट अवैधानिक रुपमा भित्र्याइएका सामाग्री नेपाल आउँछन् ।

नेपालबाट प्राचिन महत्वका थुप्रै पुरातात्विक सामाग्रीहरु अवैध ढंगबाट भारत भित्र्एिका छन् । विशेषगरी गौतम बुद्धको जन्मथलो लुम्बीनीबाट पुरातात्विक महत्वका सामान भारत पुग्ने गरेका छन् । भारतले लुम्बीनीजस्तै देखिने ठाउँ आफ्नो देशमा बनाएर विश्वलाई बुद्ध भारतमै जन्मिएका हुन् भन्ने देखाउन खोजेको छ । दुई देशबीच सिमानाकामा नियन्त्रण हुन नसक्दा भारतले यसरी इतिहासलाई तोडमोड गर्न खोजेको छ ।

यसबाहेक यो सिमानालाई प्रयोग गरेर आतंककारी तथा अपराधीहरुले फाइदा लिन सक्छन् भन्ने त्रास विश्वभर छ । आंतककारीहरु नेपालबाट सजिलै भारत जान वा भारतबाट सजिलै नेपाल आउँन सक्छन् । यसकारण नेपाल र भारतले आफ्नो सिमानाकामा चाडोँभन्दा चाडोँ नियन्त्रण राख्नुपर्ने हुन्छ अन्यथा, अन्तर्राष्ट्रिय आतंककारी संगठनहरुले नेपाललाई ट्रान्जिट प्वाईन्टका रुपमा प्रयोग गर्न सक्छन् ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्