Logo
४ बैशाख २०८१, मंगलबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिष्ट कलेज नेपालमै सर्वोत्कृत नतिजा ल्याउन सफल

दमक । मानसरोवर इन्ष्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (मिष्ट कलेज) डिप्लोमा इन फार्मेसी दोस्रो वर्षको परीक्षामा नेपालमै सर्वोत्कृत नतिजा ल्याउन सफल भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार झापाको दमक–१५ स्थित मिष्ट कलेजबाट ९४ दशमलव ४४ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका हुन् ।

मिष्ट कलेजका निर्देशक टीकाप्रसाद श्रेष्ठका अनुसार नेपालभरि सञ्चालित २७ वटा प्रविधि क्याम्पस मध्येमा मिष्ट कलेजबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गत वर्ष सञ्चालित फार्मेसी दोस्रो वर्षको परीक्षामा १ हजार ८० जना परिक्षार्थीले सहभागिता जनाएका थिए । मिष्ट कलेजबाट ३६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये ३४ जना उत्तीर्ण भएका छन् ।

यसअघि, गतवर्ष फार्मेसी प्रथम वर्षमा पनि मिष्ट कलेजले सर्वोत्कृट नतिजा ल्याएको थियो । त्यसैगरी, फार्मेसी तेस्रो वर्ष र सामान्य चिकित्सा एचएतर्फ पनि मुलुकभरिमै सर्वोत्कृत नतिजा ल्याएको थियो । ‘मिष्ट कलेजमा सामान्य चिकित्सा एचएतर्फ २०६९, २०७० र ०७१ सालमा पूर्वाञ्चल प्रथम र २०७२ सालमा नेपाल प्रथम तथा डिप्लोमा इन फार्मेसीतर्फ २०७० मा नेपाल तेश्रो, २०७१ र २०७२ सालमा नेपालमा प्रथम भएको थियो’ – मिष्ट कलेजका निर्देशक श्रेष्ठले भने ।

मिष्ट कलेजका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीले गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा सहयोग पु¥याउने अभियानकै सफलताका रुपमा यसलाई लिइएको बताएका छन् । सिटिइभिटीबाट सम्बन्धन प्राप्त मिष्ट कलेजमा सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीका शैक्षिक कार्यक्रममा ४०÷४० जना विद्यार्थी सम्मिलित कक्षाहरु सञ्चालन भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्