Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म त सकिए ,कमरेड ! तर, किसानले हलो जोत्दै मोवाईल चलाएको फोटा देख्दा बडो खुशी छु !

काठमाण्डौ । पुर्व सुचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्ताले मोवाईलको कथा लेखेर आफ्नो राजनितिक उतार चडावको संक्षिप्त वर्णन गरेका छन् । 
उनले सुचना तथा सञ्चारमन्त्री हुदाँको अवस्थामा मोवाइलको सुरुवात भएको थियो । त्यही मोवाइले  मलाई रूवाउनुसम्म रूवायो भन्दै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुकवालमा पोष्ट गरेको हलो जोत्दै मोवाईलमा कुरा गर्दै गरेको तस्विरलाई आधार बनाएर किशोरका नाममा मोवाईलको कथा लेखेका छन् उनले।
कथामा उनले भनेका छन मेरो राजनितिक र सामाजिक भविस्य यहि मोवाईलले सकायो म त सकिए । राजनीति, सामाजिक जीवन सबै समाप्त पारियो ।
पत्र जस्ताको त्यस्तै 
किशोर कमरेड: मोवाईलको कथा
प्रिय किशोर जी
फेसबुकमा तपाईको पोष्टहरूले मलाई काठमांडूसंग जोडेको छ । हलो जोतिरहेको किसानले मोवाईल फोनमा कुरा गरिरहेको कति राम्रो तस्वीर पोष्ट गर्नु भएछ ! भर्खरै दूरसंचार प्राधिकरणको हवालाबाट एक समाचार पढेको थिए-नेपालको जनसंख्या बराबर कै मोवाईल फोन नेपाल भित्रिएको छ भनेर ।
मलाई मोवाईलको कुराहरू पढन बडा मज्जा लाग्छ । ईतिहासको कस्तो संयोग; म एकताका संचार मंत्री थिए । नेपालको ईतिहासमा मेरै हातबाट मोवाईल फोन सेवा संचालन गरिने स्वीकृति भएको थियो । केही पछि सेवा शुरू भयो । राजा बिरेन्द्रको मोवाईल नम्बर ९८….पछि १ थियो । मेरो नम्बर ९८….पछि १५ थियो । हामी बडेमानको कर्डलेश फोन जत्रै अमेरिकी नोर्टेल कम्पनिको सेट बोक्थ्यौं ।
तर किशोर जी, यो मोरो मोवाईलले मलाई रूवाउनुसम्म रूवायो । त्यसबेला नेपालमा मोवाईल सिष्टमको क्षमता ५ हजार लाईनको थियो । अर्थात, १ देख ५००० नम्बरसम्म मात्रको सेवा थियो । व्यापारीले सेट झिकाउन संचार मन्त्रालयको अनुमति लिनु पर्थ्यो । दूर संचारको कर्मचारी युनियन त शुरूमा मोवाईल संचालन कै विरोधमा थियो ।
उनिहरूको तर्क थियो: मोवाईल सेवामा धेरै ठूलो लगानी छ । एनटिसीको सबै संचित रकम त यसैमा खर्च हुनेछ । हामी कर्मचारीहरूको बोनस आदिमा प्रतिकूल असर पर्छ । अब यिनीहरू मोवाईल सेट दूर संचार संस्थानले नै झिकाउनु पर्छ भन्ने अडान लिएका थिए । मलाई दबाव दिदै थिए कि वाहिरियालाई सेट झिकाउन मंत्रालयले अनुमति नदेओस् भनेर । एमाले पक्षका युनियनबाला थिए । मलाई हेर्नै नसक्ने ।
मैले निजी क्षेत्रलाई सेट आयातको ईजाजत दिनुपर्छ भन्ने पक्षमा निर्णय लिए । दूर संचार संस्थानले मात्रै बेच्नको लागि अनुमति दिने हो भने उस्ले सेट झिकाउन ग्लोबल टेन्डर गर्नुपर्ने । बिड गर्ने कम्पनिको सेट मात्रै नेपालमा उपलब्ध हुने । यदि नोर्टेलले बिड पाए भन्ने उ बेलाको सिमेन्स, अल्काटेल, नोकिया, मोटोरेला आदि कुनैपनि सेट नेपालमा बेच्नै नपाईने हुन्थ्यो । मैले, जो कोहीले पनि मन्त्रालयको ईजाजत लिएर भन्सार तिरेर सेट झिकाउन पाउने निर्णय गरें ।
मन्त्रालयमा जमीम शाह र दीपक मल्होत्राको होडबाजी भयो । दुबैले एकाधिकार खोज्ने । दुबैलाई आयात ईजाजत दिन्छु भन्दापनि न मान्ने । हुदांहुदां राज दरबारकै चासो व्यक्त भयो । मैले दुबैलाई ईजाजत दिए । तेस्रो कोही माग्न आएका थिएनन् ।
अब मलाई पर्यो फसाद ! जमीम शाहले त अख्तियारको प्रमुख सूर्यनाथ उपाध्यायबाट नै फोन गराए । प्रखर तेजस्वी सूर्यनाथले त; हेर्नोस है मंत्री जी बेरितको काम नगर्नु होला नि भनेर मेरो निद्रा उडाए । अब जमीम शाहले ईजाजत पनि पाए, उता स्पेश टाईम पत्रिका र टिभीमा मेरो खिलाफ जेहाद छेडें । धेरैलाई स्मरण पनि हुदों हो-यस प्रकरणलाई एशिया महादेश कै सबभन्दा ठूलो भ्रष्टाचार भनि स्पेश टाईम र त्यसका सहयोगीहरूले लेखे ।
म उपर शाही सत्ताकालमा अख्तियारले छानबिन गर्दा सूर्यनाथको पहिलो प्रश्न नै थियो-संस्थानको क्षमता ५ हजार लाईनको अनि १० हजार सेट झिकाउने ईजाजत किन दिएको ? मैले संझाउने कोशिस गरे, एक जनाले कयौं मोवाईल सेट राख्दा के आपत्ति हुन्छ र ? फैसनेवल महिलाहरू त साडी वा लुगाको रंगसंग मेल खाने रंगको मावाईल सेट राख्छन् ।
यसो गर्दा मुलुकले राजस्व पाएकै छ । कुनै कानूनको उलंघन पनि भएको छैन । उपभोक्ताले अप्सन पाएको छ । यसमा किन आपत्ति हुनु ? सूर्यनाथको चित्त बुझेन । उनले भने, हैन यहां भ्रष्टाचारको आशय छ । मेरो केही लागेन । उनले मलाई भ्रष्टाचारको अनुसंधानमा झ्यालखाना पठाए । म यहि मोवाईल सेटको आयात ईजाजतमा अनुसंधानको लागि जेल परे ।
अनुसंधानका लागि तेती बेला स्पेशटाईम मै काम गर्ने एक जना मैले चिनेकै पत्रकार केदार कोईरालाबाट सूर्यनाथले उजुरी लिए । जमीम शाहले केदारलाई त्यसो गर्न भने होलान । तर, अख्तियारले केही फेला पारेन । यद्यपि म उपर मुद्दा त चलाउनै थियो । कांतिपुर टिभीलाई ईजाजत दिएकोमा चलाए, फेरी अकूत सम्पतिमा ।
म त सकिए । राजनीति, सामाजिक जीवन सबै समाप्त पारियो । तर, कमरेड ! हलो जोतिरहेको किसानले हलो जोत्दै मोवाईल चलाएको फोटा देख्दा बडो खुशी छु कमरेड किशोर !
मन लाग्यो लेखी हाले । तपाईको वाल उपयोग गरेकोमा क्षेमा चाहन्छु । शुभ होस् सबैको जय होस् । 
तस्बिर किशोर श्रोष्ठको फेसबुकबाट

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्