Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको भनाई- ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमति नबने देश संकटमा’


रामेछाप । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमति नबने देश संकटमा फस्ने छन ।’  संविधान कार्यन्वयनका लागि सर्वदलिय सरकार आवश्यक रहेको उनले जिकिर गरे । 
स्थानिय पत्रकार सुरज सापकोटाका अनुसार रामेछापको सदरमुकाम मन्थलीमा शनिबार आफ्ना कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सर्वदलिय सरकारको आवश्यकता भएको उल्लेख गरेका हुन् । 
‘संविधान कार्यन्वयको प्रक्रिया अगाडि बढाउन सवैको सहभागिता हुने सरकार आवश्यक छ, उनले भने ‘दलहरुबीच राष्ट्रिय सहमति बन्न सकेन भने देश संकटको अवस्थामा पुग्छ ।’
स्थानीय निकायको निर्वाचन बीस महिना भित्र गर्न नसके मुलुकमा संवैधानकि संकट पैदा हुने भन्दै अध्यक्ष प्रचण्डले तत्काल स्थानियक निकाय गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्