Logo
११ बैशाख २०८१, मंगलबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारलाई फेरी तनाव ! साझा यातायातले ३० ओटा नयाँ गाडी भित्र्याउँदै

काठमाडौं । भ्रष्टचार भएको आरोपमा साझा यातायातका अध्यक्ष कणकमनी दिक्षितलाई पक्राउ गरेर नै मुद्दा चलाएका अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई फेरी तनाव हुने भएको छ । 
किन की साझा यातायातले तीस ओटा सुविधासम्पन्न गाडी भित्र्याउन लागेको हो त्यसोत अख्तियारले भ्रष्टचारको छानबिन गरिरहदा कुनै नयाँ कारोबार नगर्नुपर्ने हो । 
भारतीय अशोक लेल्याण्ड कम्पनीबीच गत चैत ११ गते भएको सम्झौता अनुरुप सो बसहरु भदौ पहिलो साता काठमाडौं आइपुग्ने साझा यातायातले जनाएको छ ।
उक्त बसहरुमा दुई ओटा ढोका हुनुका साथै पछाडिको ढोकाबाट ह्वीलचियर छिर्ने अपांगमैत्री हुनेछ । 
चालक बाहेक ४० सिट क्षमताको बसको यात्रु हिँड्ने भाग फराकिलो हुनुका साथै सुरक्षाको लागि सिसिभिटी र मनोरञ्जनको लागि डिस्प्ले टिभी रहने व्यवस्था गरिएको छ ।
काठमाडौं महानगरपालिकाले साझा यातायातमा शेयर लगानी गरेको १० करोड रुपैयाँ रकमबाट खरिद गर्न लागिएको उक्त बसहरु उपत्यकाभित्र थप शहरी यातायातको रुपमा सञ्चालनमा ल्याउने जनाइएको छ । 
जसबाट उपत्यकामा यात्रुहरुलाई सहज र सुविधा पुग्ने कम्पनीले विस्वास लिएको छ । हाल १७ ओटा बस रहेको साझाको नयाँ बस आएसँगै ४७ बस हुनेछन् ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्