खेतमै महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ परेकाले भने ‘सहमतीमा पो गरेको’
महोत्तरी । महोत्तरीको फुलकाहा–४ की एक महिलाले आफूलाई सोही ठाउका एक जना यादवले बलात्बार गरेको आरोप लगाएकी छन ।
बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई शनिबार बिहान घरबाट पक्राउ समेत गरेको छ ।
शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार स्थानियबासीका अनुसार यादवले यौणकार्य गर्दैगर्दा कसैले देखेको थाह पाएपछि आरोपित यादव फरार भएका थिए ।
पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउदा यौणकार्य भएको पुष्टि भएको हो ।
प्रहरी निरीक्षक शम्भु पोखरेलका अनुसार यादवले आफूले बबातकार नगरी आपसी सहमतीमा यौण कार्य गरेको तर सबैले थाह पाएपछि उनले त्यस्तो आरोप लगाएकी भन्दै बयान दिएका छन ।