Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न कार्यक्रमसहित विश्व वतावरण दिवश मनाइदै

काठमाडौं । विश्व वातावरण दिवस, नेपालमा पनि आइतबार  विभिन्न कार्यक्रम गरि मनाईंदैछ । मानव जीवनका लागि स्वच्छ र हरियाली बनाउन वाताबरण दिवस मनाउन लागिएको हो ।
‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । 
दिवसका अवसरमा आज सरकारी र गैरसरकारी संघसंस्था र विद्यालयहरुले विभिन्न कार्यक्रम राखेका छन् । 
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि वातावरण दिवस मनाउन सुरु गरिएको हो । 
विश्व वातावरण दिवसका अवसरमा केही युवाले काठमाडौँलाई ‘मास्कमाडौँ’ घोषणा गर्न माग गरेका छन् । 
व्यङ्गात्मक रूपमा यो माग राखेर युवाले काठमाडौँ उपत्यका प्रदूषित भएको सन्देश दिँदै वातावरणीय संरक्षणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । 
जनसंख्या तथा वाताबरण मन्त्रालयले पनि विषेश कार्यक्रम गर्दैछ । 

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्