Logo
२४ जेष्ठ २०८०, बुधबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहिनन् भेट्रान नाट्यकर्मी तथा अभिनेतृ सुलभा देशपाण्डे

मुम्बाई । बलिउडले भेट्रान नाट्यकर्मी तथा अभिनेतृ सुलभा देशपाण्डे रहिनन । लामो समयदेखि रोगले थलिएकी उनको शनिबार साँझ मृत्यु भएको हो । 
देशपाण्डेले अन्तिम सास मुम्बईस्थित आफ्नै निवासमा फेरेकी थिइन्। 
धेरै मराठी नाटकमा अभिनय गरेकी उनले हिन्दी नाटक तथा बलिउड फिल्महरुमा पनि अभिनय गरेकी छिन् ।
सन् १९७१ मा मराठी फिल्मबाट पर्दामा देखिन थालेकी उनले १९७४ बाट हिन्दी फिल्ममा अभिनय थालेकी थिइन्। 
पछिल्लो समय उनी टेलिभिजन सिरियलहरुमा पनि देखिएकी थिइन्। उनको मृत्युपछि सिंगो बलिउडले शोक प्रकट गरेको छ। एजेन्सी 

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्