Logo
८ बैशाख २०८१, शनिबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले भन्यो ‘सरकारलाई छिमेकीको सहयोग र भरोसा छ’

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारलाई छिमेकी राष्ट्रबाट ‘उदारमना सहयोग’ र ‘भरोसा’ प्राप्त भइरहेको बताएको छ । 
एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार एक विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रसँग देखिएको असमझदारीसमेत हटिसकेको स्पष्ट पारेका छन् । 
शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका साथै भूकम्पका बेलामा पनि छिमेकीले उदारमनले सहयोग गरेको भन्दै ज्ञवालीले मित्रराष्ट्रको भूमिकाको प्रशंसा गरेका छन् ।
ज्ञवालीले विज्ञप्तिमा भनेका छन्- ‘शान्ति प्रक्रिया र संविधान निर्माणमा हाम्रा मित्रराष्ट्रहरूको सदैव सदभाव रहँदै आएको छ । 
विनाशकारी भूकम्पपछि उद्दार तथा राहत कार्यमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, पुननिर्माणमा व्यक्त उदारमना सहायता एवम् संविधान कार्यान्वयनमा निरन्तर समर्थनले नेपाललाई कठिन समयमा पनि अगाडि बढ्ने भरोसा प्राप्त भएको छ ।’
एमाले सचिव ज्ञवालीले वर्तमान सरकार संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका निम्ति छिमेकी मित्रहरू लगायत सबै मित्र राष्ट्रहरूबाट अझ फराकिलो साथ र सहयोग प्राप्त हुने विश्वासका साथ सहकार्यमा रहेको बताएका छन् ।
यस सन्दर्भमा केही समय अगाडि देखापरेका असहजताहरू पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम प्रारम्भ भएको ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्