बालुवाटारमा प्रधानमन्त्री ओली दाहालबीच गोप्य कुराकानी
काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्तामा गोप्य कुराकानी भएको छ ।
माओवादी पक्षले बजेटपछि सरकार छोड्ने भद्र सहमति भएको दाबि गर्दै आइरहेको छ भने एमालेले त्यसलाई नकार्दै आइरहेको छ ।
आधा घन्टा चलेको उक्त भेटवार्तामा दुईजना मात्र रहेको बताइए समाचार श्रोतले जनाएको छ ।
सो भेटघाटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बजेट पछि माओवादीलाई सरकार चलाउन दिने भद्र सहमति गरेको बारे चर्चा भएको हुन सक्ने बताइएको छ । # फाइल फोटो