Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आप्रवासीहरुको हक हितका लागि एनआरएनले आन्दोलन गर्ने

वाई वि गुरुङ लिस्बोन । पोर्चुगल सरकारले गत मार्च २१ ,२०१६ गते गरेको आप्रवासी सम्बन्धि नयाँ नियम कार्यान्वयनका लागी ताकेता गरेको छ जस अनुसार सर्भिसेस अफ इस्टेञ्जेइरोस फ़ोरेण्टाइरोस ९सेफ०कि नव नियुक्त डाइरेक्टर लुइजा माइया गोन्साल्भेजले उक्त नियम माथि टेकेर गरेको सर्कुलरका कारण गत मार्च देखि पोर्चुगलमा रहेका हजारौ आप्रवासीहरु जो पोर्चुगलमा आधिकारिक बसोवास गरि पाउँ भनि आबेदन दिनेहरु प्रत्यक्ष मारमा परेका  छन् ।
उक्त नियमले बिशेष गरि साउथ एशियन नेपाल, भारत, बंगलादेस, पाकिस्तान, श्रीलंका, चीन आदि देसका आप्रवासीहरुलाई प्रत्यक्ष असर पारेको छ । गत मार्च भन्दा अगाडि आधिकारिता प्राप्त गरेका व्यक्तिहरु जसको कार्ड आइपुगेको छैन उनीहरुको सम्पूर्ण कानूनी प्रक्रिया समेत पुरा भएको छ जस्तो, फ़िङ्गर प्रिन्ट र आवश्यक शुल्क लिएकाहरुको समेत पुनः छानबिन गर्नु पर्ने भन्दै अफिसमा ९सेफ०बोलाएर शुल्क फिर्ता गरि २० दिन भित्र देस छोड्ने पत्र समेत दिएको घटनाले पोर्चुगलमा आप्रवासी नीतिमा कडाइ भएको महशुस गरेर पोर्चुगलमा आप्रवासीहरुको हक, अधिकार सम्बन्धि कार्यरत संघ संस्थाहरु संग समन्वय गर्दै एनआरएनए पोर्चुगलले आगामी जुलाई ३ तारिक तय गरिएको  बृहत मार्चपास आन्दोलनका लागि प्रत्यक्ष सहभागी जनाउने कुरा एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमलले जानकारी दिएको छ।
पोर्चुगलमा आप्रवासीहरुका हक, अधिकारका लागि कार्यरत गैह्र सरकारी संघ संस्थाहरु सोलिदरिदादे इमिग्रान्ते, एनआरएनए, एसोएस राकिज्मो, ओल्यो भिबो, जिटिओ आदि संस्थाहरु मिलेर पिआइसि ९प्लाटफ़ोर्मा इमिग्रासाओ इ सिदादानिया० आदि संस्थाका प्रमुख रहने गरि एक संयुक्त आप्रवासी मंचको गठन गरेको छ जुन मंचले बिभिन्न चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ जस अनुसार आगामी ८ जुनका दिन पोर्चिगिज पार्ल्यामेण्टका सदस्यहरु पीसीपीका संसदीयदलका नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने जुन १९ तारिक ९पी ए एन ० बिपक्षीदलका संसदीय नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । 
त्यसै गरि जुन २० तारिक दिनको ३ बजे गृहमन्त्री तथा सम्बन्धित अधिकारीहरुसंग भेट तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको र आगामी जुलाई ३ तारिक आइतवार दिनको २ बजे राजधानीको व्यस्त मार्तिमुनिज ९होटेल मुण्डियाल नजिक० सडक प्रदर्शन तथा मार्चपास गर्ने कार्यक्रम रहेको कुरा अध्यक्ष केसीले जानकारी दिए संगै पोर्चुगलमा बसोवास गर्ने नेपाली आप्रवासीहरुलाई गैह्र(आवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट करिव १ हजार मानिसहरु सडकमा उतार्ने प्रतिबद्दता गरेको कुरा बताए।
९पीआइसी०पोर्चुगलमा कार्यरत आप्रवासी संगठनहरुको मंचका तर्फबाट डेलिगेशन तथा ज्ञापन पत्र बुझाउनका लागी भिम केसी कमल, ९एनआरएनए, पोर्चुगल०, आनाबेला रुद्रिगोज ९जीटीओ०, जोआओ सिल्भा ९ओल्यो भिबो०, जोज फाल्काओ ९एसओएस०, टिमोटेओ मासेड़ो ९सोलिदरिदादे इमिग्रान्ते० र मान्दिना काजिकास्ताउ गरि ६ जनाको टोली चयन गरिएको छ।
यो चरणबद्द आन्दोलनको सुनुवाई भएमा पोर्चुगलमा रहेका हजारौ नेपाली तथा अन्य आप्रवासीहरुलाई राहत मिल्ने छ भने आगामी जुलाई ३ को सडक मार्च पासले आप्रवासीहरुको आवाज र एकता प्रदर्शन गरि पोर्चुगाली सरकारको ध्यानकर्षण गराउनु अति आबश्यक रहेको कुरा अध्यक्ष भिम केसी कमलले बताउदै पोर्चुगलमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिन मार्तिमुनिज सडक मार्च पासमा साह्भागी भै आप्रवासी एकता प्रदर्शन गर्न बिशेष अनुरोध गरेको छ।
आप्रवासीहरुको हक, अधिकार सम्बन्धि एनआरएनए पोर्चुगलले पहिलो पटक पोर्चुगलका उच्चसरकारी अधिकारीहरुसंग प्रत्यक्ष भेटवार्ता तथा अन्तरक्रिया गर्ने भएको छ भने लिस्बनका लागि नेपाली अवैतनिक बाणिज्य दुतको नियुक्ति भएको करिव २ वर्ष पुगी सक्दा पनि पोर्चुगलमा रहेका नेपाली आप्रवासीहरुका सम्बन्धमा सरकारी पक्षबाट कुनै पनि उल्लेख्य पहल नगरेको गुनासो बढ्न थालेको छ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्