Logo
११ बैशाख २०८१, मंगलबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्ताङ्गको बिकट पहाडमा भारतीय पर्यटकहरु अलपत्र, २ को मृत्यू


काठमाण्डौ । नेपाल घुम्न आएका बेला ट्रेकिङ्ग गर्न गएका केहि भारतीय पर्यटहरु मुस्तांङ्गमा ३ दिन देखि अलपत्र परेका छन ।
मुस्ताङ्ग जिल्ला स्थित डिएसपी हरिहरनाथ योगीले उद्दार कार्यका लागि प्रयास जारी राखिएको बताएका छन । 
योगीले फोनमा भने ‘भारतीय पर्यटकहरुको उद्धारका लागि भारतीय राजदूतावास र हाम्रो गृह मंत्रालय दुवै निकायलाई हिजो नै हामिले जानकारी गराईसेकका छौं । तर अहिलेसम्म हेलीकप्टरको व्यवस्था हुन सकेको छैन ।’ 
डिएसपी योगीका अनुसार एक जना भारतिय पर्यटकको आइतबार नै मृत्यु भइसकेको छ भने अर्को एक जनाको सोमवार बिहान मृत्यू भएको छ । 
उनका अनुसार बैंगलौरबाट नेपाल ट्रेकिंगका लागि आएका करीब ५० वर्षीय एस एच गोपालकृष्णनको मृत्यु भएको हो । तर अर्कोको भने परिचय खुल्न सकेको छैन । 
पोखराको ट्रेकिंग बाटोबाट जोमसोम हुदै लोकमनथांग पुगेका भारतीय पर्यटहरुको उक्त टोली गत ३ दिनदेखि त्यहाँ अलपत्र परेको जानकारी मृत गोपालकृष्णन् की पत्नी पद्मिनी कृष्णनले दिएकी छन । 
उनले टेलिफोन सम्पर्कमा भनिन् ‘भारतिय दुतावासलाई जानकारी गराउदा समेत कुनै पहल हुन सकेन । उनका अनुसार यतिबेला पर्यटकहरुको उक्त टोली स्थानीय एक जना गाईडसगै यारा र भीमचन्द्रको बिच भागमा अलपत्र परेका छन । 
भारतीय दूतावासका डिसीएम विनय कुमारले पनि उद्दारकार्यका लागि आफूहरुले हरेक प्रयास जारी राखेको बताए । उनले भने ‘नेपाली सेना/सुरक्षाकर्मी सँग समन्वय भइरहेको छ, हामि चाडै हेलीकप्टरको ब्यवस्था गरी पठाउदै छौं ।’ 
उक्त पर्यटकहरु अति विकट पहाडी क्षेत्र रहेका कारण हेलीकप्टर बाहेक अन्य कुनै विकल्प नरहेका कारण र मौसम पनि खराब रहेका कारण उद्धार कार्यमा अवरोद्ध भइरहेको डिसिएमले बताए । 
मुस्ताङ्गमा अलपत्र रहेका ती भारतिय पर्यटकहरु भरत बैंगलौरका हुन । पोखराबाट ट्रेकिंग कालगि उनीहरु  मुस्ताङ्गको बिकट क्षेत्रमा पुगेका थिए तर मौसममा खराबी आएपछि उनीहरु उतै हराएका हुन । 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्