Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने ‘त्यसो भए म यस्तो प्रधानमन्त्री बन्दिन’

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई बहुमतको सरकारको प्रधानमन्त्री बन्ने हतारो र इच्छा नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीका लागि दौड चलाएका प्रचण्ड एकाएक सरकारको नेतृत्व नगर्ने बताएका हुन् । तत्काल सरकारको नेतृत्व गर्ने वातावरण नभए पछि प्रचण्ड यो खेलबाट बाहिरिएको राजनितिक विश्लेषकहरु बताउछन् ।
प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, संविधान जारीपछिको मधेसी, आदिवासी, जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिदै संघीयता, धर्म निरपेक्षता, सामाजिय न्याय, समानुपातिक समावेशीताको कार्यान्वयन अहिलेको चुनौती भएकाले यसको समाधानमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क पनि गरेका छन् ।
प्रचण्डले अहिले दलहरुबीच राष्ट्रिय एकता र सहमतिय सरकारका बिषयमा छलफल भइरहेको जानकारी दिदै बजेट पारितपछि सरकार परिवर्तन हुने बताए ।उनले राष्ट्रिय सहमतिको सरकार जसको नेतृत्वमा बनेपनि मान्य भएको स्पष्टपार्दै आइतबार बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।
प्रचण्डले बजेट पारित भएपछि एमालेसँग भएको भद्र सहमति लागू हुने विश्वास ब्यक्त गर्दै भद्र सहमति २ पक्षबीचको एउटा विश्वास र समझदारी रहेकोेले अहिले नै भद्र सहमति सार्वजनिक गर्न नमिल्ने बताए । केही समयअघि सरकार परिवर्तन हुने कुराले देशमा तरङ्ग ल्याएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीसँग ९ बुँदे सहमतिपछि त्यो रोकिएको समेत बताए ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्