Logo
१३ बैशाख २०८१, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिउदै रहेका संगीतकार अम्बर गुरुङलाई भारतीय दूतावासले दिए श्रद्धाञ्जली !

काठमाडौं । राजधानी काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारराथ संगीतकार अम्बर गुरुङलाई काठमाडौंस्थित भारतीय दूतावासले श्रद्धाञ्जली दिएको छ । 
भारतीय राजदूतावासले ट्विटरमार्फत श्रद्धाञ्जली दिएको हो । सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ‘भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।’ तर अस्पताल र परिवारका सदस्य र अस्पतालले अझै उपचार भइरहेको बताएका छन् ।
श्रोतले भने ‘दुतावासलाई इन्फरमेसन दिन केहि पत्रकार तथा भारतको नाममा आफूलाई जोडन रुचाउनेहरुले हतार–हतार गरेका हुन्छन र यो पनि यसै हत्तार सुचनाको परिणम हो ।’
यद्यपी, दूतावासले स्टाटस पोस्ट गरेको केहीबेरमा नै भारतीय दूतावासले केहीवेरमा हटाएको थियो । 
गुरुङको मृत्यु भएको भन्दै केही अनलाइनमा समाचार पनि प्रकाशित भएको थियो । तर, पछि उनीहरुले माफी मागेका थिए । तस्विर: पहिलो पोष्ट / टवीटर

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्