Logo
१९ बैशाख २०८१, बुधबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा रहेका पत्रकारलाई पुन: महासंघमा आवद्ध हुन अपिल

अर्जुन खनाल / नयाँ दिल्ली  । विभिन्न देशमा नेपाल पत्रकार महासंघको साखा बिस्तार  भइरहँदा छिमेकी मुलुक भारतमा भने पूर्ण समितिको साखा बिस्तार हुन  सकिरहेको छैन । 
तदर्थ समिति गठन भएको करिब एक साल  बितिसक्दा पनि पूर्ण समिति गठन हुन नसकेको हो।

महासंघ भारत शाखाले आज एक  प्रेस विज्ञप्ति जारी गरी भारतमा रहेका सम्पूर्ण पत्रकारलाई पुन: महासंघको दायरामा रही सम्पुर्ण प्रकृया पुरा गरि आबद्ध हुन आपिल गरेको छ।यस अघि पनि पत्रकार महासंघ भारत साखाले  चैत्र ८ गते प्रेस बिज्ञप्ती जारी गरेको थियो ।

भारतमा कार्यरत नेपाली पत्रकारलाई संगठित गर्ने उद्देश्यले महासंघको गठन प्रक्रिया आगाडि बढाइएको थियो। भारतको उत्तराखण्ड, दिल्ली, हरियाणा, उत्तर प्रदेश, मुम्बई आदि क्षेत्रमा कर्यरत नेपाली पत्रकारलाई समेट्ने क्रममा केही पत्रकारको प्रक्रिया नपुगेको, केही मिडियाले नै मान्यता नपाएको जस्ताआदि समस्याले गर्दा ढिलासुस्ती भएको तदर्थ समितिका सचिव ‍गोविन्द पोख्रेलले जनाकारी दिएका थिए ।

यहि मई महिनाको २९ तारिकका दिन महासंघको अधिवेशन तय भएको थियो। हामिले सम्पुर्ण कार्य पूरा गरेका थियौ । भारतमा भएका सम्पुर्ण नेपाली संघ संस्थालाई पनि पत्र काटेका थियौ कारणबस हाम्रो अधिवेशन केहि पर सरेको छ त्यसैले अझै पनि भारतमा कर्यरत कोहि पत्रकार छुटेको भए यहि सूचनालाई अधार मानी महासंघमा असार पहिलो साता भित्र नै आवद्ध हुन आग्रह गरेको तदर्थ समितिका अध्यक्ष लोकेस शाह बताउनु हुन्छ । 

भारतमा रहनु हुने पत्रकारले निम्न नम्बरहरु +९१-८१३०८२०७३०,+९१-९९७१७४७८९८ र +९१-९८१०२९९०४४ मा सम्पर्क गरि महासंघमा आवद्ध हुन सकिने जानकारी दिईएको छ ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्