Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा र पुर्ननिर्माणमा सहयोग गर्न २८ लाखको अक्षयकोष स्थापना

गणेश बन्जाडे / घनश्याम पराजुली ।  शिक्षाको अवसरबाट बन्चीत अनाथ असहाय बालबालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्याउने । प्राकृतिक दैविक प्रकोपबाट क्षतीग्रस्त सामाजिक भौतिक संरचनाको पुर्ननिर्माणमा सहगोग गर्ने उद्धेश्यका साथ पछिल्लो समयमा खटिरहेको गोरखा सेवा समाज कतारले अनन्तः रु २८ लाख बराबरको अक्षयकोषको स्थापना गर्ने भएको छ।

‘तन ,मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नाराका साथ सन् २००३ मा कतारमा स्थापना भएको यस संस्थाले आफ्नो नारालाई काम गरेर सावित गरेको हो । सानो योजनाका साथ अक्षयकोष सहयोग संकलनमा जुटेको संस्थाले जिल्लामा रु २८ लाखको अक्षयकोषको स्थापना गर्ने पक्कापकी गरेको छ । अहिलेसम्म २८ लाख संकलन भईसकेको छ भने अझै अक्षयकोषको रकम थपिने बताईएको छ।

गत शुक्रबार सनैयाको एसियाना टाउनमा अक्षयकोषका लागी सहयोग गर्ने सहयोगीहरुलाई संस्थाले सम्मान समेत गरेको छ । गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय सम्वन्य परिषदका उपाध्यक्ष कुमार पन्त  रहेका थिए।

गोरखा फुजेलका उनी आफ्नै जिल्ला संस्थाले आयोजना गरेको कार्यक्रममा जर्मनीबाट विहिबार कतार आएका हुन । कार्यक्रममा बोल्दै पन्तले विदेशमा बसेर पनी संस्थाले आफ्नै जिल्ला गोरखाको लागी सहयोग जुटाएकोमा खुसी प्रकट गरे । भुकम्पको मारमा परेको गोरखा जिल्ला धेरै कुराहरुबाट बन्चित भईरहेको अवस्थामा कतारको सहयोग अमुल्य रहने उनको भनाई थियो।

विदेशमा रोजगारमा आउने नेपालीहरुलाई अव आफ्नै देशका लागी काम गर्ने वातावरणको खोजी हुनु जरुरी रहेको बताए । उनले कार्यक्रममा रु ५ लाख सहयोगको घोषणा गरेका थिए। एनआरएनएको सन्र्दभका बोल्दै उनले संस्थागत रुपमा नेपाल सरकारलाई बैदेशिक रोजगारमा जाने कामदारहरुको विषयमा घच्घचाही रहेको बताए।

प्रवासको ठाउँमा रहेर गोर्खाली युवाहरुको अथक प्रायसमा स्थापना गर्न लागीएको अक्षयकोषका सहयोगीहरुको सम्मान कार्यक्रममा गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठको समेत उपस्थिती रहेको थियो। विशेष अतिथी श्रेष्ठले विदेशमा रहेर पनी स्वदेशी भुमीको सहयोगमा जुटिरहेका गोर्खालीहरुलाई धन्यवाद दिए। नेपालमा पारदर्षी रुपबाट यो अक्षयकोष सम्बन्धी ठाउँमा उपयोग गर्ने उनले बताए । कार्यक्रममा सबै देशका गोर्खालीहरुलाई एकजुट हुदै सामाजिक काममा अग्रसर रहन उनले आग्रह गरे।

दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा गतसालको बैशाखमा भुकम्पमा परि ज्यान गुमाएका साथै कतारमा कामको शिलशिलामा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो । संस्थाका उपाध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव राजेश्वर ढकालले सन्चालन गरेका हुन ।

अक्षयकोष स्थापनाका लागी रु  ५ हजार देखी १० हजार सम्म सहयोग गर्ने सहयोगीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै रु १० हजार  एक देखी २५ हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्र , रु २५ हजार एक देखी ५० हजार सहयोग गर्नेलाई ताम्रापत्रद्धारा साथै र रु ५० हजार एक देखी माथी सहयोग गर्ने सहयोगीहरुलाई ताम्रापत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमसँगै सांगितिक प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । किरण लामा, जगत चुनारो, अजय श्रेष्ठ र सिजा राईले नृत्य प्रस्तुत गरेका थिए । राज लामा र शेभा साहनीको युगल नृत्य र टौमाया गुरुङ्गले एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमा अंकित परियार, सन्तोष बन्जारा र सिमु गुरुङ्गले सांगीतीक प्रस्तुती राखेका थिए।

कार्यक्रमको विशेष अतिथीहरुमा संस्थाका संरक्षक बद्रि प्रसाद पाण्डे र बुधबल गुरुङ्ग, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे, पुर्व अध्यक्षहरु आश बहादुर गुरुङ्ग र श्रीकृष्ण भट्टराई, एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारी, आईसीसी सदस्यहरु बिनोद भट्टराई, हंसराज ढकाल र आरके शर्मा, एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग लगायत कतारमा स्थापित विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्था प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रमको समापन गर्दै सभापती भट्टले विभिन्न समस्याका बाबजुत अक्षयकोष स्थापना गर्नका लागी सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिए।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्