अमर भएर गए वरिष्ठ संगीतकार अम्बर गुरुङ
काठमाडौ । सालिन स्वभाव, उच्च ब्यत्तित्वका धनी वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ ।
ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका सञ्चार सल्लाहकार विनोद अधिकारीले बताए ।
अधिकारीका अनुसार एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए ।
उनको अवस्था गम्भीर भएसँगै गत सोमबारदेखि ग्रण्डीमा उपचाररत थिए । भने केहि दिनयता उनलाई भेन्टिलेटरमा सारिएको थियो ।
राष्ट्रिय गानका संगीतकार उनको १९९४ मा भारतको दार्जलिङमा जन्म भएको थियो । # फाइल फोटो