Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ संगीतकार गुरुङको पार्थिव शरीरलाई आजै अन्त्येष्टि गरिने

काठमाडौं । आज बिहान २ बजेर २७ मिनेट जाँदा धापासीस्थित ग्राण्डी अस्पतालमा प्राण त्याग गरेका वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थिव शरीरलाई आजै अन्त्येष्टि गरिने भएको छ ।
ग्राण्डी अस्पतालबाट १० बजेर ५१ मिनेट जाँदा निकालेर नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानमा लगिने भएको छ ।
अस्पतालबाट निकालिएसँगै नेपाली सेनाको गाडीमा राखेर शव यात्रासहित पार्थिव शरीर कमलादीस्थित एकेडेमीमा पुर्याइनेछ । त्यहा दिउँसो करीब ४ बजेसम्म पार्थिक शरीर श्रद्धाञ्जलीको लागि राख्ने तयारी छ ।
पारिवारिक श्रोतका अनुसार त्यहाँबाट पुन शव यात्रासहित गुरुङको पार्थिव शरीर अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिनेछ । आर्यघाटमा हिन्दु र बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्