Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले लगे आफ्नो क्षेत्रमा डेढ दर्जन ठूला आयोजना

काठमाडौं २५ जेठ । पछिल्लो समय गफाडि प्रधानमन्त्रीको परिचय स्थापित गराउदैँ गएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट मार्फत एक दर्जनभन्दा बढी ठूला अयोजनामा बजेट विनियोजन गराएका छन् । केहि नियमित र केहि नयाँ कार्यक्रम राखी उनले आफ्नो निर्वाचन क्षेत्रका आयोजनामा उल्लेख्य बजेट बिनियोजन गराएका हुन् । जेठ १५ गते सार्वजनिक भएको २०७३र७४ को बजेट बक्तब्यमा ओलीको निर्वाचन क्षेत्र झापा ७ मा मात्रै डेढ दर्जनजति ठूला योजनाबारे समावेश छ । सबै आयोजनामा रकम उल्लेख नगरेपनि उक्त आयोजनाको बजेट अबौर्ं रुपैयाँ हुने सरकारी अधिकारीहरुको अनुमान छ । ओलीकै चाहना, अनुरोध र निर्देशनमा ति आयोजनाहरुमा बजेट निर्माणमा संलग्न सरकारी अधिकारीहरुले उल्लेख्य बजेट विनियोजन गरेका हुन् । प्रधानमन्त्रीको क्षेत्रमा चक्रपथ निर्माण, एक पहिचान एक सहर, औद्योगिक क्षेत्र, सभागृह, लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि रकम विनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको बजेट बक्तव्यमा उल्लेख छ । दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने, भ्युटावर निर्माण, टाउन हल निर्माण लगायतका योेजना पनि बजेटमा समाबेश छ । त्यस्तै सहरी विकास अन्तर्गत ४र५ वटा योजनाहरू र दमक चिसापानी रवि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्रीले ल्याएका डेढ मध्ये आधा दर्जनजति दीर्घकालीन महत्त्वको र करोडौं बजेट लाग्ने योजना रहेको नगरपालिकाका अधिकारीहरुले वताए । ‘लखनपुरको रंगशाला, दमक चक्रपथ, बुद्धको मूर्ति, औद्योगिक क्षेत्र, एक पहिचान एक सहर र दमक चिसापानी रवि सडक निर्माण गर्ने योजना दीर्घकालीन महत्त्वका र करोडौं बजेट लाग्ने योजनामा पर्छन्,’ नगरका फोकल पर्सन डम्बर बरालले भने, ‘यी योजना केही निर्माणाधीन र केही नयाँ हुन् ।’ गत वर्ष पनि उल्लेखनीय बजेट परेको दमक रवि सडकमा यो वर्ष ३० करोडभन्दा बढी बजेट विनियोजन भएको बताइन्छ । निर्माण भएर पनि अधुरोजस्तै रहेको रंगशाला र चक्रपथ निर्माणलाई यो वर्षदेखि दु्रत गतिमा अगाडि बढाउने गरी बजेट विनियोजन भएको नगरपालिका स्रोतको भनाइ छ । पूर्व र पश्चिम क्षेत्रमा रतुवा र मावा खोलाले घेरिएको दमक नगरलाई नदी नियन्त्रणसमेत गर्ने उद्देश्यले चक्रपथ निर्माण गरिने छ । विगतमा पटकपटक मन्त्री र सांसद हुँदा पनि ओलीले आफ्नो क्षेत्रका लागि खासै काम गर्न सकेका थिएन । कार्यक्रममा बजेट विनियोजन हुने गरेपनि बक्तब्यमा त्यतिधेरै उल्लेख हुने गरेको थिएन । तर, यसपटक उनले जनताले सोचेभन्दा बढी योजना र बजेटहरू क्षेत्रमा पारेर सबैलाई चकित पारेको एक एमाले कार्यकर्ताले बताए । ‘विगतमा ओलीले सिन्को पनि भाँचेका थिएनन् यसपटक छक्क पारे,’ ती कार्यकर्ताले भने । दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले यस क्षेत्रका लागि आएको योजना ऐतिहासिक भएको प्रतिक्रिया दिए । उनले औद्योगिक क्षेत्र, रंगशाला, भ्युटावर, बुद्धको मूर्ति, चक्रपथ निर्माण, फाल्गुनन्द सभागृह तथा चार वटा पुल लगायतका योजना बजेटमै समावेश गरिनु गर्वको विषय भएको बताए । उनले भने, ‘अर्बौंको योजना छ । यसलाई तीव्र गतिमा सम्पन्न गर्नुपर्छ ।’ दमकलाई बजेटमा परेको योजना सफल भए दमकको कायापलट हुने नेपाली कांग्रेसका दमक सभापति रोशन विष्टले बताए खबर कान्तिपुरले छापेको छ । उनले भने, ‘सबै दल मिलेर योजना सफल बनाउन लाग्नुको विकल्प छैन ।’

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्