केटीको ट्विटर एकाउन्ट ह्याक – फलोअरहरूलाई जथाभाबी मेसेज
एजेन्सी । हलिउड स्टार केटी पेरीको ट्विटर एकाउन्ट ह्याक भएको छ ।
ह्याक भएको एकाउन्टबाट उनका फलोअरहरूलाई जथाभाबी मेसेज पठाइएको छ ।
जब केटीले यो कुरा थाहा पाइन्, उनले तत्कालै ट्विटरमा यो कुराको जानकारी दिइन् ।
ट्विटरबाट उनलाई एकाउन्ट फेरि फिर्ता गरिएको छ । केटीको एकाउन्ट रोमानियाबाट ह्याक भएको रहेछ ।
केटीको ट्विटरमा आठ करोडभन्दा धेरै फलोअर्स छन् ।
यो ट्विटरका लागि नयाँ रेकर्ड नै हो । ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएकी अभिनेत्री हुन् उनी ।