उपेन्द्रको नेतृत्वमा संघीय गठबन्धनको अनसन सुरु ,असार मसान्तसम्म जारी रहने
काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज देखि काठमाडौंमा अनसन सुरु गरेको छ ।
आन्दोलनका नयाँ कार्यक्रम अन्र्तगत संघीय गठबन्धनले आज देखि काठमाडौंको खुल्ला मन्चमा अनसन सुरु गरेको हो
आज सुरु गरिएको अनसनमा संघीय गठबन्धनका अगुवा उपेन्द्र यादव , लक्ष्मणलाल कर्ण , अशोक राई लगायतका नेताहरु बसेका छन् ।
गठबन्धनको बैठकले जेठ २५ देखि असार मसान्तसम्म काठमाडौंको खुला मञ्चमा रिले अनसन निर्णय गरेको थियो ।