एक हप्ताका लागि खुमबहादुर खड्का दिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेस भित्र शक्तिशाली एवं प्रभावशाली नेताका रुपमा स्थापित नेता खुमबहादुर खड्का आज एकाएक दिल्ली प्रस्थान गरेका छन् ।
प्रभावशाली नेता खड्का नियमित स्वास्थ्य उपचार भन्दै मंगलबार अपराहान्न दिल्ली प्रस्थान गरेका हुन् ।
उनी दिल्लीको एक हप्ते बसाइँमा स्वास्थ्य उपचार लगायत उच्च स्तरीय राजनीतिक भेटघाट समेत हुने निकट स्रोतले बताएको छ ।
केहि महिना अगाडि भारतमा उपचार गरेर स्वदेश फर्किएका खड्का पुन स्वास्थ्यको नियमित परिक्षणको लागि दिल्ली प्रस्थान गरेका हुन ।
उनले त्यहाँ भारतीय जनता पार्र्टी, कांग्रेस आई, आरएसएस लगायतका नेताहरुसँग भेटघाट गर्नेछन् । उनको दिल्ली बसाइँ एक हप्ताको हुनेछ ।