Logo
७ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुरदेखि खुमबहादुरसम्म बिरुद्ध आयोगमा किटानी जाहेरी दर्ता

काठमाडौं । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकका हत्या आरोपीलाई कारवाहीको माग गर्दै सेनकी पत्नी तक्मा केसीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरीसहित उजुरी दर्ता गरेकी छन् ।
रोतोपाटीमा उल्लेखित समाचार अनुसार लामो समयदेखि न्यायको संघर्ष गर्दै आएकी सेनकी जीवनसँगीनी केसीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन गृहमन्त्री खुमबहादुर खड्का, तत्कालिन डिएसपी अमरसिंह शाह, अर्का तत्कालिन डिएसपी बिक्रम थापाको बिरुद्धमा किटानी जाहेरी सहित मंगलवार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेकी हुन् ।
उजुरी फाराम भर्दै सेनकी जीवनसंगीनी केसीले मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने पक्ष, व्यक्तिको थाहा भएसम्मको नाम, थर, ठेगाना र हुलिया, तत्काल कार्यरत र हाल कार्यरत कार्यालयको नाम र ठेगानामा तत्कालिन प्रधानमन्त्री, तत्कालिन गृहमन्त्री र तत्कालिन डिएसपीहरुको नाम किटानी गरेर जाहेरी दिएकी छन् । त्यस्तै यूनिफाईड कमाण्डको नेतृत्व तहका पदाधिकारीको ठाडो आदेशमा सेनको हत्या भएको र तत्कालीन प्रहरी प्रमुख आई।जि।पि।प्रदिप शमशेर ज.ब.रा., तत्कालीन यूनिफाईड कमाण्डका सेनाका कमाण्डर, डि।एस।पी। बिक्रमसिंह थापा, तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख आदिको बिरुद्धमा उजुरी गरेकी हुन् । पत्रकारहरु संगीता खड्का, प्रभात चलाउने, अतिन्द्रकेशरी न्यौपाने र जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई साक्षी राखेर केसीले उक्त उजुरी दर्ज गरेकी हुन् ।
केसीले दर्ता गरेको उजुरीमा मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी उजूरीको व्यहोरामा लेखिएको छ 
मेरो श्रीमान कृष्ण बहादुर सेन इच्छुकलाई २०५९जेठ ०६ मा काठमाडौं जिल्ला वडा नं.१० ह्वाईटहाउस कलेज नजिकैबाट पक्राउ गरी मिति २०५९जेठ १३ मा हत्या गरिएको र सो को जानकारी मिति २०५९असार १२ मा जनआस्था साप्ताहिक तथा अन्य सञ्चारमध्यमबाट जानकारीमा आएको तत् तहका पदाधिकारीहरुको सम्लग्नता र तत्कालीन यूनिफाईड कमाण्डको ठाडो आदेशमा उक्त घटना भएको उक्त हत्यामा तत्कालीन यूनिफाईड कमाण्डमा रही कार्य गर्ने सेना तथा प्रहरीका अधिकृत तहका कर्मचारी समेतले हत्या पश्चात परिवारका सदस्यहरुलाई लाश नबुझाई प्रहरी आफैले लाश बेपत्ता पारेका हुन् ।
त्यसैगरी सेनकी जीवनसंगीनीसँगै एमाओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पूर्व सभासद दामा शर्माले पनि आफ्ना पति यज्ञश्वर शर्माका हत्या आरोपीलाइ कार्वाही र परिवारजनलाइ परिपूरणको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेकी छन् । रुकुमको नुवाकोट गाबिस घुघुतीमा स्थाइ घर भएका यज्ञश्वरलाइ बलिया गा.वि.स.वडा नं.३ कौवापुर कैलाली ९जो अहिले लम्कीचुहा नगरपालिका भएको छ ।० २०५५ साल भदौ १७ गतेका दिन विहान नौ वजे गिरफ्तार गरी अन्य दुइजना साथीसँगै सामुहिक रुपमा हत्या गरेको थियो ।
महिला नेत्रृ दामा शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरीमा तत्कालीन गृहमन्त्री गोविन्द राज जोशीका बिरुद्धमा किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्