Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संगीतकार अम्बरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


काठमाडौं । दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । 
स्वर्गीय गुरुङको सम्मानमा नेपाल प्रहरीले ब्याण्ड बजायो भने नेपाली सेनाले सलामी अर्पण गर्‍यो । तीन छोरामध्ये जेठा छोराले दागबत्ती दिएका थिए । गीतकार र गायकसमेत रहेका गुरुङको ७९ वर्षको उमेरमा मंगलबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
यसअघि उनको पार्थिव शरिर अस्पतालबाट ल्याएर प्रज्ञा भवन कमलादीमा राखिएको थियो । कमलादीबाट शवयात्रासहित आर्यघाट पुर्‍याइएको थियो । राष्ट्रिय गानका संगीतकार गुरुङको मंगलबार विहान उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।
त्यहाँ नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो भने सरकारी प्रतिनिधिले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो । अपराहृन ३ बजेपछि शवयात्रा सुरु भएको थियो । गुरुङको विदाइमा हजारौं सहभागी भएका थिए ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्