Logo
७ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणाका लागि हजारौं मुसहरले गरे हस्ताक्षर


जनकपुरधाम । तराई-मधेशको बिर्सीएका लोक नायक दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन भोरको सहजिकरणमा हस्ताक्षर अभियानमा विहारको पूर्वमूख्यमन्त्री जीतनराम माझी सहित हजाँरौ माझीहरुको हस्ताक्षर गर्ने सहभागिता रहेको छ ।
भोर, अभियान तथा अनुसन्धानमुलक परोपकारी संस्थाले सन् २००९ देखि नै मुसहर समुदायको समग्र उत्थान लगायत मिथिलाका बहु आयामिक संस्कृती सम्पदाको संरक्षणतथा प्रवद्र्धनको लागि र मिथिलापर्यटन स्थापित र प्रवद्र्धन गराउन विभिन्न अभियान पहलहरु गर्दै आएको छ ।
दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन जेठ २५ देखि जनकपुरधाम, नेपालको बारहबिगहा मैदानबाट हस्ताक्षर अयिभान शुरु गरिएको छ ।
राष्ट्रिय मुसहर उत्थान समाज नेपालको जनकपुरधाममा आयोजना गरेको मुसहरहरुको राष्ट्रिय भेला मानव लपरासी देखि झापा सम्मका झन्डै १० हजार भन्दा बढी मुसहरहरुले यस हस्ताक्षर अभियानमा सहभागी भएका छन् ।
पुस्तौ देखि चरम गरिबी, अन्याय र बन्चितीमा परेका र नेपालको झन्डै दुइै प्रतिशत जनसंख्या अगोटने मुसहर समुदायको उत्थानका लागि स्वतस्फूर्त आयोजनाभएको भेलामाभोरले दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान संचालन गरेकोछ ।
भेलाको प्रमुखअतिथिको रुपमा भारतको बिहार राज्यको पुर्व मुख्यमन्त्री जीतनराममाझीले हस्ताक्षर अभियानमा हस्ताक्षर गर्नु भयो । साथै, नेपालमा जन्मीनुभएको दीनाभद्री मुसहरहरुको सौर्य, सशक्तक्षमता र पराक्रमको अतुलनियएतिहासिक प्रमाणको रुपमा रहनु भएको कुरा व्यक्तगर्नु भयो । 
त्यस्तै राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको अध्यक्षचन्देश्वर सदा, सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामआषिश यादव, सवरी संकलप समाजका देविलाल सदा लगायत भेलामा सहभागी १० हजार भन्दाबढी व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।
आर्य सभ्यताको प्रभाव बढदै गइरहेको प्रारम्भिक कालमा दीनाभद्री दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैया खापमायिनीहरुको मूल केन्द्र थियो । दिन – भद्री मैथिली समाजकालोक नायकका रुपमा पुजिन्छन । नेपालमा जन्मिएको भएपनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथागाइने भएकाले अझ यो अर्थपूर्ण छ ।
यस हस्ताक्षर अभियानलाई विभिन्न स्टलहरु मार्फत हजारौ व्यक्तिको स्वस्र्फुत र स्वंयसेवी हस्ताक्षर संकलनगराउने कार्यमा वीर वहादुर महतो, नागेन्द्र साह, पचुलालमाझी लगायतका ५० जनाभन्दा बढीका स्वंयम सेवकहरुले महत्वपूर्ण योगदान दिए ।
यस हस्ताक्षर अभियानलाई अगामीदिनमा देश अन्यभागहरुमाखास गरि मिथिला क्षेत्रकाबारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा र देशको राजधानी काठमाडौमा संचालनगरिने छ । भोर द्धारा संयोजित यस अभियानले गर्दा दीनाभद्रीको गाथा, महिमा, र महत्ताको बारेमा जन समुदाय र सरोकारवालाहरुको चासो र एक्यबद्धतामा उल्लेखनिय अभिवृद्धि गराउने लक्ष्यपनि रहेकोछ ।
साथै, यो अभियानप्रत्यक्ष हस्तलिखित हस्ताक्षर र अनलाइन गरी दवै प्रविधिबाट संचालनगरिने भएको छ। चेन्ज डट अरगनाइजेसन आधिकारीक रुपमादर्ता गराई यस अभियानको अनलाइन हस्ताक्षरको व्यवस्था समेत अषाढमहिनाभित्रमिलाइएनेछ ।
यसरी संकलनगरिएको हस्ताक्षरहरु नेपाल सरकार, संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयलाई बुझाइने छ । यस अभियानमा नेपाल सरकारका मन्त्री, राजनितीकर्मी, कलाकार, विधार्थी, कर्मचारी लगायतविभिन्न पेशा, वर्ग, क्षेत्र, तथा समुदायको नेपालीनागरिक र विदेशीनागरिकहरुले समेत स्वेच्छिक रुपमा हस्ताक्षर गर्न अपिलगर्ने र व्यवस्थामिलाइएको छ ।
नेपाल सरकारलाई संकलित हस्ताक्षर हस्तान्तर पश्चातजिम्मेवार निकायहरु सितनिन्रतर रुपमायसको अनुगमन गरी र यस प्रकृयामाआउने चुनौतीहरुलाई समाधानगर्दै दीनाभद्रीलाई राष्ट्रिय विभुतीधोषणा भएपश्चातमात्र यस अभियानले विराम लिने अभियानका अभियन्ता राजकुमार महतोले बताए ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्