Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाले अनफिट भन्दै नेपाली कामदार धमाधम फिर्ता पठाउन थालेपछि

काठमाडौं । बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ । 
दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो ।
 बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुःख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो । 
बायोमेट्रिक त्यस्तो नहुने आश्वासनसहित मलेसियाकै दबाबमा नेपालमा यो प्रणाली लागू भइरहेको छ । कामदारका लागि निकै खर्चिलो यो प्रविधिबाट परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्