पोष्टार विवादपछि तमलोपामा अब ‘चुनाव की टिकापर्था’ मा बिवाद !
काठमाडौं । पार्टी स्थपनाको झण्डै ९ वर्ष पछि बल्ल माहाधिवेशन हुन लागिएको तमलोपामा पोष्टर विवादपछि अब फेरी नयाँ विवाद चर्किएको छ ।
महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीमा अहिले महाधिवेशनको रौनक सगै ‘चुनावी पक्रियामा जाने की टिका पर्था’ मै सिमित हुने भन्नेमा विवाद मच्चिएको हो ।
प्रथम पटक हुन लागेको महाधिवेशनमा पार्टीका यूवा पुस्ताले चुनावी प्रक्रियामा जानुपर्ने तर्क गर्दे आएका छन भने बुढा पुस्ताले भने सहमती अर्थात टिका पर्थालाई नै जोड दिएका छन ।
यसका लागि पार्टीका हरेक ईकाईहरु जोडतोडका साथ तयारीमा जुटेका छन् भने यूवा पुस्ताहरु सिधै पार्टीको नेतृत्व तहमा जान बढि आतुर देखिएको एक जना केन्द्रिय सदस्यले बताए ।
मात्र उच्च जातिय नेताहरुको अखडाको आरोप झेलिरहेका तमलोपाले यसपट भने जातिय समिकरणलाई पनि मिलाउने उक्त सदस्यले बताए ।
महाधिवेशनलाई सफल बनाउन बनाइएको हरेक समितिले आआफ्नो काममा व्यस्त छन् । “संघर्ष, समानता और सम्मान का, मधेशी राष्ट्र की पहचान का” मूल नाराका साथ तमलोपाको प्रथम महाधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ ।
नवलपरासीको रामग्राममा असार ६–८ गतेसम्म हुन गइरहेको प्रथम महाधिवेशनको तयारी अनुरुप राजनीतिक दस्तावेज तयारी समितिले राजनीतिक दस्तावेज तयार गरेर तमलोपा अधयक्ष महन्थ ठाकुरलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
प्रचार प्रसार समितिले मंगलबार काठमाडौं स्थित केहि मधेशी सञ्चारकर्मीहरु सँग समेत विचार विमर्श गरेको छ ।
त्यहाँ जनाएअनुार मधेशका हरेक जिल्लामा प्रचार प्रसार, वाल पेन्टिङ्ग र पोष्टर टाँस्ने कार्यलाई तीव्रता दिएको छ ।
महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको प्रचार समितिको दाबी रहेको छ ।