Logo
८ बैशाख २०८१, शनिबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो दिनमै गले मधेसी-जनजातीका शिर्ष अन्सनकारी !

अनसनको दोस्रो दिन हो आज
काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले हिजो देखि काठमाडौंमा अनसन सुरु गरेको छ । 
त्यसो त हिजो देखि सुरु भएको रिले अनशनमा शीर्ष नेता उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण,अशोककुमार राई, रेणु यादव, शरदसिंह भण्डारी लगायतको सहभागिता देखिएको थियो भने आज शीर्ष नेताको उपस्थिती समेत देखिएन् । 
आजको अनसनमा कुमार लिङदेन, सन्तोष मेहता, रणबहादुर काङदवा, डा. शीवप्रसाद यादव, राजीव कुमार चौधरी, श्रीमन नारायण मिश्र, सत्यनारायण डंगोललगायत बसेका छन् । 
पहिलो दिनमै मधेसी र जनजातीका शिर्ष नेताहरु गलेको आन्दोलनरत सङ्घीय गठबन्धनका एक नेताले दुखेसो पोखे ।
हाम्रा नेताहरु जिम्मेवार भएर अनसनमा लागेको देखिदैन् हिजो सुरु भएको अनसनमा आज शिर्ष नेताहरुको उपस्थिती समेत छैन् नाम उल्लेख नगर्ने सर्तमा उनले भने । 
सरकारले समेत बेवस्था गरिरहेको बेलामा अनसनको दास्रो दिन नै तेस्रो तहका नेतामात्र देखिनु आन्दोलनको स्वरुप कमजोर हुनु हो उनको थपे ।  आन्दोलनको स्वरुप परिवर्तन अन्र्तगत सङ्घीय गठबन्धनले रिले अनशन थालेको हो ।

विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ।

जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन्।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्