Logo
११ बैशाख २०८१, मंगलबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षापछि वीरगन्जका अधिकांश भाग डुबानमा

पर्सा । बुधवार बिहान परेको पानीले वीरगन्ज नगरका अधिकांश वडा डुबानमा परेका छन् । बिहान ३ देखि ५ बजेसम्म परेको अविरल वर्षाको कारण वीरगन्ज उपमहानगरपालिकाको बिभिन्न क्षेत्र डुबानमा परेको हो । 
आदर्शनगर, मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका हुन् । 
वीरगन्जको आदर्शनगरमा वर्षाको पानी पसलभित्र प्रवेश गरेकाकारण लाखौँको क्षति भएको व्यापारीले बताएका छन् । 
आदर्शनगर एरियामा रहेका पसलभित्र पानी पसेपछि भित्र रहेका इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न, सौन्दर्य प्रसाधन लगायतका समान बिग्री लाखौँ रुपैयाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् ।

समयमा उपमहानगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाइ नगर्दा डुबानको समस्या खप्नु परेको वीरगन्जवासीले गुनासो गरेका छन् । 

नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सासमेत डुबानमा परेको छ । कार्यालयमा तीन फिटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको छ ।

यस विषयमा वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालासँग बुझ्दा उनले उपमहानगरपालिकाभित्र एडिपी परियोजनाअन्तर्गत सडक, ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खप्नु परेको जानकारी दिए ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्