‘तँ …मधेशी..!’ भनी गाली खादै, कुटिइन पुर्व महिला सभासद (अडियो सहित)
उनी नेकपा संयूक्त नेतृ तथा पुर्व सभासद हुन । महोतरी घर भई हाल नयाँ बसपार्क स्थित बस्दै आएकी ठाकुरको घरमा काम गर्ने अरुण ठाकुर र उनकी श्रीमती पुनमदेबी ठाकुर बस्ने कोठाको बिवादमा परी स्थानिय घरवेटी कल्पना ढुंङ्गनाबाट उनी कुटिइएकी हुन ।
अन्यत्रै कोठा सर्न आफूले २÷४ दिनको समय माग्न जाँदा आफूमाथि आक्रमण भएको पुर्व सभासद ठाकुरले कमाण्डरलाई बताइन् ।
‘मलाई औइ …मधिशे, आइमाइ भन्दै अपशब्द बोलेर आक्रमण गरियो,’ उनले भनिन् ‘निकै नै अपशब्द प्रयोग गर्दे गाली गरिन ।
बियरको बोतलले तँ …मधेशी भन्दै गाली गर्दे ड्याम की ड्याम कुट्न थालिन उनले भनिन् धन्न स्थानिहरुले सहयोग गरे मेरो ज्यान बाचिँयो नभए उनले त मेरो ज्यान नै लिइसकेकी थिइन । ठाकुर गोंगवु नयाँ बसपार्ककी घरबेटी महिलाको आक्रमणवाट सख्त घाइते भएपछि उनलाई उपचारका लागि ग्राण्डी अस्पतालमा राखिएको छ ।
उनलाई नयाँ बसपार्ककी ढुंगानाले आइतवार बेलुकी साढे ६ बजे आक्रमण गरेको ठाकुरले बताइन् । कल्पना ढुंगानाको घरमा कोठाभाडा लिएर बसेका अरुण ठाकुर र उनकी श्रीमती पुनमदेबी ठाकुरलाइ एकदिनमै कोठा छाड्न भन्दै घरवेटीले सामान फालिदिएकी थिइन् । एक दिनमै कोठा पाउन गाह्रो हुनेहुँदा कोठा छाडिदिनको लागि एक महिना अगावै जानकारी दिनुपर्ने भनाइ राखेकी ठाकुरमाथि घरवेटी ढुंगानाले एक्कासी बियरको वोतल टाउको, हात, खुट्टा र जिउभरी हानेकी थिइन् ।
चोट लागेर रक्ताम्यै भएकी उनलाई स्थानीयबासीले राती नै एम्बुलेन्समा राखेर ग्राण्डी अस्पताल पुर्याएका थिए । बिगतका दिनमा पनि यसैगरी दादागिरी गर्दै आएकी ती घरबेटीलाइ बेलुकी नै प्रहरीले नियन्त्रणमा लिएको महराजगंज प्रहरी प्रमुख बिश्वमणि पोखरेलले बताए । उनले भने स्थानिय अन्य बासिन्दाले पनि उनको बिरुद्धमा उजुरी दिएका छन, हामि थप अनुसंधान गर्दे छौं ।