अर्धनग्न फेला परेकी युवतीको मृत्यू, ३ नियन्त्रणमा
पोखरा । रत्नचोक, जनप्रिय बहुमुखी क्याम्सको उत्तरपट्टी बेहोस अवस्थामा अर्थनग्न फेला परेकी युवतीको आज मृत्यू भएको छ ।
युवतीलाई मंगलबार बिहान उद्धार गरिएको वडा प्रहरी कार्यालय वैदामका इन्स्पेक्टर मोहनमणि अधिकारीले बताए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो अधिकारीले भने।
उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतमलमा स्वास्थ्य परीक्षण गरेर थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन ।
मंगलबार बिहान स्थानीयले ती युवतीलाई बेहोस अवस्थामा अर्थनग्न देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले स्मृतिको हत्या भएको आशंका गरेको छ । टाउकोमा गम्भीर चोट लागेकाले हत्या भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर गणेश वमले बताए ।
स्मृतिको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको उनले न्यूज अप्रेसनलाई बताए । इन्स्पेक्टर वमका अनुसार उनीहरुमाथी अनुसन्धान भईरहेको छ । तर अनुसन्धानकै क्रममा भएकोले नाम उल्लेख गर्न नमिल्ले बताए ।
त्यसो त ती तिन जनाले हत्या गरेको स्विकारेका छैनन् । अनुसन्धानपछि थप खुल्नेछ, पक्राउ परेकाहरुमाथी अनुसन्धान भइरहेको छ ,उनले थपे । उनलाई रिसिइबी वा प्रतिशोधका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।