Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-अमेरिका संयुक्त वक्तव्य जारी, यसपाली नेपाल परेन !


काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बराक ओबामा बिच भारत–अमेरिका समझौता पत्रमा हस्ताक्षर भएको छ । 
स्विट्जरल्यान्ड हुँदै मोदी अमेरिका पुगेपछि नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूको एउटै मुख्य चासो थियो । तर यसपटक नेपालको उच्चारण भने गरिएको छैन । 
यसअघिको जस्तै मोदीले बेलायत, ब्रसेल्समा जस्तै नेपालबारे अमेरिकासँग मिलेर टिप्पणी गर्ने हुन् कि भन्ने सबैमा चिन्ता रहेको थियो ।  तर, यस पटक त्यस्तो भएको छैन । 
मोदी भ्रमणलाई नियाल्दै आएका नेपाली सबैलाई दुई मुलुकबीच जारी ५० बुँदे संयुक्त वक्तव्य पढेपछि अलि ढुक्क अनुभूति भएको छ ।
औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भमात्र होइन ‘शब्द’ नै परेको छैन । 

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्