Logo
१५ चैत्र २०८०, बिहीबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीयको विश्वास जितेर बालश्रम मुक्त घोषणा गर्न माग

ललितपुर । स्थानीयवासीहरुले आफ्नो सक्रिय सहभागिता र विश्वास जितेर मात्र बालश्रम मुक्त वडा घोषणा गर्न माग गरेका छन् । नेपाल सरकारको सन २०१६ भित्र निकृष्ट अवस्थाको बालश्रम उन्मूलन गर्ने लक्ष्य अनुरुप नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको सहयोगमा बुधबार आयोजना गरेको हरियो झण्डा अभियान र सञ्चार क्षेत्र विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।

कार्यक्रममा सहभागी सम्बन्धित वडा नागरिक मञ्चका प्रतिनिधि, सामाजिक परिचालक, बाल संरक्षण समितिका पदाधिकारीहरु, पत्रकारहरुले हरियो झण्डा अभियान बारे सही सूचना प्रवाह, त्यसको वस्तुनिष्ठ अध्ययन, अभियानको हरेक चरणमा स्थानीयको बृहत र व्यापक सहभागितामा बालश्रम मुक्त वडा घोषणा गर्नुपर्ने धारणा अघि सारे ।


उपमहानगरपालिकाले वडा नं १३, १४, १६, १८ र २० वडामा हरियो झण्डा अभियान अन्र्तगत बालश्रम मुक्त घोषणा गर्न लागिएको हो । यस क्रममा आउँदो जेठ ३२ गते २० वडालाई बालश्रम मुक्त घोषणा गरेर अन्य वडाहरुमा  बालश्रम मुक्त घोषणा गर्न तयारी उपमहानगरपालिकाले गरिरहेको छ । सो अवसरमा ललितपुर उपमहानगरपालिका कार्यकारी प्रमुख भरतमणी पाण्डेले बाल श्रम मुक्त वडा घोषणा पछि दीर्घकालीन रुपमा त्यसको निरन्तरताका लागि बालश्रम मुक्त भएको वडाका घरधनीहरुलाई परिचयपत्र दिने बताउनुभयो ।

कार्यकारी प्रमुख पाण्डले भन्नुभयो “भविष्यमा बालश्रम मुक्त भएको घरको परिचय पत्र बनाउने व्यवस्था गरी त्यसलाई स्थानीय निकायले प्रदान गर्ने सेवा सुविधामा सम्भावित सहुलियतसंग जोड्ने छौं । ” उहाँले बालमैत्री स्थानीय शासनलाई टेवा पु¥याउने हिसाबले बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको उल्लेख गर्दै त्यसमा सबैको साथ र सहयोग रहने नीति अनुरुप उपमहानगरपालिकाले कामकारवाही अघि बढाइरहेको बताउनुभयो ।

आईएलओकी राष्ट्रिय निर्देशक विपना शर्माले बालश्रम राख्नेहरुलाई नैतिक रुपमा वहिष्कृत हुने सक्ने भावना जगाउन हरियो झण्डा अभियान विभिन्न नगरपालिकामा सञ्चालन भइरहेको जानकारी दिनुभयो । अभियानको शुरुआत दुइ वर्ष अघिनै ललितपुरको वडा नं २१ लाई बालश्रम मुक्त वडा घोषणाबाट भएको जनाउँदै निर्देशक थापाले निकृष्ट अवस्थाको बालश्रम उन्मूलन र बाल अधिकार सम्बन्धित राष्टिय तहको नीति निर्माण आइएलओको बहृत जिम्मेवारी रहेको र तीनको स्थानिय कार्यान्वयनमा आफ्नो सहयोगी भूमिका मार्फत अभियानको घोषित लक्ष्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।


सिविसका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले बालश्रम मुक्त वडा बनाउन सञ्चारकर्मीहरुले समाजमा स्वस्थ बहस छलफल, पैरवी र जनतालाई सुसूचित गराएर अभियानलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै यसका नीतिगत पक्षबारे आफ्नो भनाई राख्नुभयो । सो अवसरमा शाखाका अध्यक्ष सुरज व्यञ्जनकारले अभियानलाई नगरको आवश्यकता अनुरुप कार्यान्वयन गर्न स्थानीयस्तरमा सञ्चार क्षेत्रले यसमा सचेतना जगाउने, खबरदारी गर्दै आएको भूमिका बारे केन्द्रीत गर्दै आफ्नो धारणा राख्नुभयो । 

शाखाका सचिव राजेश बज्रचार्यले सञ्चारकर्मीहरुले गरिबी र बालश्रमको दुष्चक्रबाट समाजलाई मुक्त बनाउन बालश्रम मुक्त वडा घोषणा अभियानलाई समाजको आवश्यकता र स्थानीय जनताको भावना बुझेर नै सफल गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्