बन्दकर्ताद्धारा ट्याक्सीमा तोडफोड र आगजनी
काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ ।
कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए । आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् ।
सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ ।
सडकमा बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।