Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता हुँदै

वाई वि गुरुङ- लिस्बोन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले “अनेसास, पोर्चुगल बिधान -२०१६” पारित गरे संगै युरोपमै पहिलो पटक नेपाल लगायत बिश्वभरि छरिएर रहेका नेपाली बाल-बालिकाहरुलाई ध्यानमा राखी “अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता” को आयोजना गर्ने भएको छ ।
राजधानी लिस्बनमा सम्पन्न अनेसास पोर्चुगलको बैठकले संस्थाको बिधान सर्ब-सहमतिले पारित गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो। अनेसास पोचुगलका अध्यक्ष सुनिल संगमको अध्यक्षतामा सम्पन्न उक्त बैठक पश्चात बिभिन्न साहित्यानुरागीहरु सुनिल संगम, वाईवि गुरुङ, श्याम सुबेदी, अनुराग कंडेल, कृष्ण कडेल जिज्ञासु आदिले आ-आफ्नो रचना वाचन गरेका थिए भने संस्थामा आबद्ध सदस्यहरुको परचय-पत्र पनि बितरण गरेको  थियो |
उपस्थित साहित्यानुरागीहरुले अनेसास पोर्चुगलको भाबी कार्यदिशा र योजनाका बारेमा गम्भीर छलफल गरेका थिए भने संस्थाको सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेका थिए | गत महिना अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको सम्मेलनमा भाग लिन गएका समाजका उपाध्यक्ष वाई वि गुरुङले उक्त भ्रमणको बृस्तित जानकारी गराएका थिए साथै सो भ्रमणका निम्ति निम्तो दिने अनेसास केन्द्रिय अध्यक्ष पदम बहादुर बिश्वकर्मा तथा क्यालिफोर्निया च्याप्टर अध्यक्ष शान्तिराम ढकाल सहित सम्पूर्ण अनेसास र क्यालिफोर्निया च्याप्टरलाई धन्यवाद ज्ञापन गरेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगितामा सहभागीता र एक्यबद्दता जनाउनका लागि अनेसास केन्द्रमा पत्राचार गर्ने र उक्त प्रतियोगिताका लागि अनेसास,केन्द्र लगायत सम्पूर्ण च्याप्टरका सदस्यहरुलाई जानकारी दिने गरि गरिएको निर्णय अनुसार आगामी केही दिन भित्र प्रतियोगिता सम्बन्धि नीति नियमहरु घोषणा गर्ने गरि तयारी भैरहेको कुरा अनेसास पोर्चुगलकाअध्यक्ष तथा “अन्तर्रास्ट्रिय नेपाली बाल कविता प्रतियोगिता -२०१६ ” का संयोजक सुनल संगमले जानकरी दिए । उक्त प्रतियोगितामा बिश्वभरिबाट १४ वर्ष भन्दा मुनिका नेपाली बालबालिकाहरुले सहभागी जनाउन सक्नेछन् ।
नेपाली भाषा साहित्यको उत्थान, बिकास र प्रचार भविष्यका लागि अति आबश्यक भएकोले उक्त बाल कविता  प्रतियोगिताको आयोजना गरिएको कुरा अध्यक्ष सुनिल संगमले बताए । उक्त प्रतियोगिता एक ऐतिहासिक भएकोले बिश्वभरि छरिएर बसेका नेपाली भाषी नगरिकहरुमा आफ्ना सन्तानहरुले नेपाली भाषा र साहित्य अनि कलाको जगेर्ना र संरक्षणका लागि टेवा पुर्याओस भन्ने हेतुले प्रतियोगितामा आफ्ना नानीहरुलाई सहभागी हुन र गराउनका लागी अनेसास पोर्चुगलले अपिल समेत गरेको छ ।
साथै यसै महिना देखि अनेसास पोर्चुगलले माषिक रचना बाचनको कार्यक्रम पनि तय गरेको छ जसले गर्दा पोर्चुगलमा रहेका नेपाली साहित्यकार र साहित्यप्रेमिहरुमा बेग्लै उत्साह थपिने भएको छ | 

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्