Logo
१५ चैत्र २०८०, बिहीबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न स्थानबाट १०७ बन्दकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।

काठमाडौंबाटमात्र तोडफोडमा सक्रिय ३३ बन्दकर्ता पक्राउ प्रहरीको पन्जामा परेको काठमाडौं प्रहरी परिसरका एसपी प्रधुन कार्कीले बताए ।

राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले  आगजनी गरेका थिए ।

यसैबीच बन्द गराउँदै हिडेका बन्दकर्ता जनगणतान्त्रीक सम्पर्क मन्चका केन्द्रिय अध्यक्ष राजु कार्कीे , नरोत्तम पाण्डे,यमलाल लामिछाने,प्रज्वल श्रेष्ठ,गणेश बोहोरा, एलके रायमाझी ,दुर्गा अधिकारी,छेवाङ लामा ,होमबहादुर राखल मगर,अर्जुन कटुवाल लगायत ३३ बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायतका स्थानमा राखिएको छ ।

त्यसै गरि ललितपुरबाट १४,भक्तपुरबाट ३ जना प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट नियन्त्रणमा लिइएका १४ मध्ये ८ जनालाई सामान्य सोधपुस गरि छाडिएको ललितपुर प्रहरीले जनाएको छ ।

त्यसै गरि पुर्व क्षेत्रबाट पनि २० जना आफ्ना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको विप्लब नेतृत्वको माओवादीका केन्द्रिय सदस्य इश्वरी दाहाल असारेकाकाले एनभीएम ग्रुपलाई बताए ।

उनका अनुसार मोरङको उर्लाबारीबाट दिपक राई ,किशोर थापा ,भोला जिम्बु लगायतलाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको हो ।

त्यसै गरि विप्लब नेतृत्वको माओवादीले बन्द गराउने क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ  ।

कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आज बिहानै कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगो लागाउदैँ गर्दा चालक बाहिरिएका थिए ।

त्यसै गरि कास्की जिल्लाको पोखराबाट ३६ जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रबक्ता एबं इनिस्पेक्टर गणेशबहादुर बमले बताएका छन् ।

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्