Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनकारी नेताहरुलाई फोटोकै चिन्ता ! तर तेस्रो दिन पनि अनसन जारी

काठमाडौं । टुडिखेल स्थित अनसन बसिरहेका नेताहरुमा ‘मेरो फोटो कहि कतै आए की आएन ?’ भन्ने टेन्सनले साह्रै सताएको पाइएको छ । 
बिहिबार एनभीएम  ग्रुपका प्रतिनिधिहरु अनसनस्थल पुग्दा ‘मेरो फोटोलाई चहि अलिक हाइलाइट गरिदिनु होला है’ भन्नै अनुनयबिनय गर्दे थिए । 
सघिंयगठबन्धनमा आवद्ध एक पार्टीका अध्यक्ष समेत रहेका एक जना नेताले त त्यतीबेलै, मोवाइल खोल्दै ‘तपाईको अनलाइनमा मेरो फोटो खौइ भनी प्रश्न नै गरेका थिए’ ।
रिर्पोटिङ्ग स्थल पुगेका हाम्रा संवाददताले कार्यलयमा भने ‘नेताहरुले सरकारलाई दवाब दिनु पर्यो, माग पुरा गराउनु पर्यो भन्नु कहाँको कहाँ, उनहिरुलाई त आफनै प्रचारको पो चिन्ता रहेछ बा !’

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा अनसन सुरु गरेको हो ।

त्यसो त मगलवारदेखि सुरु भएको रिले अनशनमा शीर्ष नेता उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण,अशोककुमार राई, रेणु यादव, शरदसिंह भण्डारी लगायतको सहभागिता देखिएको थियो भने पछिल्लोपटक शीर्ष नेताको उपस्थिती समेत देखिएन् ।

बुधवारको अनसनमा कुमार लिङदेन, सन्तोष मेहता, रणबहादुर काङदवा, डा. शीवप्रसाद यादव, राजीव कुमार चौधरी, श्रीमन नारायण मिश्र, सत्यनारायण डंगोललगायत बसेका थिए । 

पहिलो दिनमै मधेसी र जनजातीका शिर्ष नेताहरु गलेको आन्दोलनरत सङ्घीय गठबन्धनका एक नेताले दुखेसो पोखे । 
हाम्रा नेताहरु जिम्मेवार भएर अनसनमा लागेको देखिदैन् हिजो सुरु भएको अनसनमा आज शिर्ष नेताहरुको उपस्थिती समेत छैन् नाम उल्लेख नगर्ने सर्तमा उनले भने । 

जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन् ।

यद्यपी, बिहिबारको अनसनमा भने केहि शिर्ष नेताहरु सहित अन्य दोस्रो तेस्रो तहका नेताहरुको उपस्थिती रहेका छन । 

नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा, सघिय फोरमका उपाध्यक्ष राजेन्द्र श्रोष्ठ, सदभावना सहमहासचिव देवेन्द्र यादव, फोरम गणतान्त्रिकका तर्फबाट प्रमेश साह, रामसपाबाट केश्व झा लगायतका नेताहरु अनसन बसेका छन ।  

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्