Logo
८ बैशाख २०८१, शनिबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामी र कुरुवा भन्छन् : लौन बस्न-खान दिएन यता तिर उडुसले !

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामी दिदीको कुरुवा बसेकी सीतादेवी शर्मा रातभर सुतिनन् । उडुसले टोकेर सताउँदा उनी सुत्न नसकेकी हुन् । 
अस्पतालले व्यवस्था गरेको बेन्चबाट भटाभट उडुस निस्केर टोक्न थालेपछि उनी रातभर यताउता गरिरहिन् । मेडिकल वार्डको ६ नम्बर बेडमा बुबालाई उपचार गराइरहेका धर्मलाल लामिछाने मंगलबार बेन्चमा सुतेनन् ।
अघिल्लो दिन बेन्चमा उडुसले सुत्न नदिएपछि भोलिपल्ट उनी भुइँमै विस्तारा लगाएर सुते । तर उडुसले उनलाई भुइँमा पनि छोडेन ।ज्वरो आउने, हातखुट्टा दुख्ने भएर अस्पताल भर्ना भएकी लुम्लेकी विभा विकलाई उडुसको टोकाइले अर्को पीडा दियो । मेडिकल वार्डका कुरुवा काठको बेन्चलाई एकातिर पन्छाएर भुइँमै सुते ।
भुइँमा सुत्दा पनि कुरुवाको जिउभरि उडुस सल्बलाउन छोडेन । ‘बिरामी कुरुवा त सुत्न सकेनन्, बिरामीलाई नै झन कस्तो भयो होला १,’ धर्मलाल लामिछाने भन्छन्,‘उडुसले अति नै गर्‍यो ।’ 
उनले उडुसको बारेमा मेडिकल वार्डको सुपरभाइजरसँग कुरा गरेपनि कुनै सुनुवाइ नभएको बताए । लामिछानेले भने, ‘समस्याबारे बताउँदा उल्टै पूर्व स्वास्थ्य मन्त्रीले पनि आफ्नी आमालाई यही राखेको भनेर पन्छिन खोजियो ।’
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।श्रीकृष्ण श्रेष्ठले अस्पताल प्रशासनका लागि उडुस टाउको दुखाइको विषय बनेको बताए ।  उनले उडुसको स्थायी समाधान गर्न नसकेको स्वीकारे । ‘स्प्रे गर्‍यो केही कम हुन्छ, फेरि कताकताबाट आइहाल्छ,’ उनले भने, ‘सधैं स्प्रे गर्न सकिँदैन ।’
उडुसलाई स्प्रे गर्दा बिरामीलाई असर पर्ने भएकाले बिरामीको चाप कम भएको अवस्थामा स्प्रे गर्ने गरेको उनले जानकारी दिए । 
उडुसले एक बिरामीबाट अर्कोमा रोग सार्न मद्दत गर्ने भएकाले नियन्त्रण गर्न सक्दो प्रयास गरेको श्रेष्ठले दाबी गरे । ‘उडुसलाई निर्मुल पार्न बेड नै फाल्नुपर्छ,’ डा श्रेष्ठले भने, ‘बेड फालेर नयाँ ल्याउन पनि आर्थिक रुपमा भार पर्छ । नयाँ नयाँ बेड फाल्न पनि सकिँदैन ।’
अहिलेदेखि मात्रै नभई बिसौं वर्षदेखि उडुस समस्याको रुपमा रहेको उनले बताए । जाडोमा भन्दा गर्मी महिनामा उडुस बढी फैलने बताउँदै उनले भने, ‘हरेक गर्मीयाममा यसरी नै उडुसले दुख दिन्छ , दीपक परियारले समाधानमा खबर लेखेका छन् । ’ उनले अन्यत्रका सरकारी अस्पताललाई पनि उडुसले आजित बनाएको बताए ।

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्