प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन, यस्तो छ रुट
काठमाडौं । यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले बिहिबार दुई वटा रुटहरुमा निःशुल्क बस सेवा संचालनमा ल्याएको जनाएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेपछि प्रहरीले निशुल्क गाडी सञ्चालनमा ल्याएको हो ।
सो सुविधा तोकिएको रुटहरुमा बेलुकी ५ बजेसम्म लिन सकिने प्रहरीले जनाएको छ ।
यस्तो छ रुट:
रुट नम्बर १ : नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल एकान्तकुना , बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर सहिदगेट, दरबारमार्ग हुँदै नक्सालसम्म ।
रुट नम्बर २: नक्सालबाट गौशाला, कोटेश्वर, बबरमहल, माइतीघर शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै नक्सालसम्म ।