Logo
११ बैशाख २०८१, मंगलबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइटीएफ तेक्वान्डो भन्दै मान्छे तस्करी गर्ने वरिष्ठ उपाध्यक्ष गिरी प्रहरीको खोरमा

काठमाडौं, २७ जेठ । नक्कली परिचय पत्र बनाई  विभिन्न देशमा खेलाडीहरु पठाएको अभियोगमा नेपाल इन्टरनेसनल तेक्वान्डो महासंघ ९आइटिएफ० का वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गिरीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको प्रहरी निरिक्षकले जानकारी दिए ।
आइ टि एफका नक्कली कार्ड बनाइ उनले खेलाडीहरुसँग मोटो रकम लिने गरेको उनले बताए ।

म्याग्दीका टेकप्रसाद लामगाडे र दीपक सुनारलाई कोरिया पठाइदिने भन्दै उनले  ३ लाख ६० हजार लिएका थिए। तेक्वान्डोका नाममा गिरीको लुट धन्दा चले पछि यस्तो कुरा प्रदाफास भएको हो ।

रग्वी संघको महासचिवसमेत रहेका गिरीले  न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानाडमा भएको तेक्वान्दो  बल्ड कपमा रेफ्रिको भूमिका निभाएका थिए।

तेक्वान्दोको खेलाडी बनाई ७ लाख ५० हजार लिई लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाए पश्चात लण्डन एयरपोर्टबाट फिर्ता भएका थिए। यिनले क्यानडा, युके,अमेरिका लगायतका ठाउँमा युवा युवतीलाई विदेश पठाउने नाममा रकम असुल्दै आएको स्रोतले बतायो ।

त्यसो त पछिल्लो समय आइटीएफका केहि ब्यक्तीहरुले अनेक बाहानामा मान्छे बिदेश तस्करी गर्दै आएको बुझिएको छ । आइटीएफका पुर्व पदाधिकारीहरु समेत यो धन्दामा सामेल भएको स्रोतको दाबी छ ।

 खुलेआम खेलाडिको नाममा बिभिन्न यूवा यूवतीहरुलाई बिदेश तस्करी गर्ने पुर्व पदाधिकारीहरुलार्ई समेत कानुृनी कठघरामा उभ्याउनु पर्ने  नजिकबाट आइटीएफलाई बुझ्नेहरु बताउछन् ।

म आइटीएफका सबै नालिबेली खोतल्न तयार छु तर उनीहरुलाई कारबाहि हुनु पर्छ एक ब्यक्तीले न्यूज अप्रेशनलाई भने ।  आइटीएफको नाममा बिदेश गएर लुक्ने ,भासिने दर्जनौको सुचि रहेको उनले बताएका छन् ।

यो धन्दामा आइटीएफका अध्यक्ष अन्जान धमलाको समेत मिलेमतो रहेको समाचार स्रोतले बताएको छ ।
तस्बिर : चेतन गीरीको फेसबुकबाट

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्